देब पचभैया
पाल्पा, श्रावण ३० – झण्डै दुई बर्ष अघि कतार पुगेका ८ नेपालीले एक बर्ष देखि काम गरेको पैसा नपाएपछि अपलत्र परेका छन् । वलसलात, दोहाकतार स्थित ईलिगेन्स होटलमा कार्यरत नेपालीहरुले एक बर्ष देखि काम गरेको पैसा नपाएको डाडाखर्क, मकवानपुरका सागर d’tmfgले जानकारी दिनुभयो । कम्पनीले काम मात्रै गराउने तर पैसा नदिएपछि आफुहरु काममा नगएको d’tmfgको भनाई छ ।
भिषा सकिएको ७ महिना भैसेकपनि कम्पनीले अवधी नथप्ने ,काम गराईरहने तर घर फिर्ता गर्न नमानेको उहाले जानकारी दिनुभयो । आफुहरुले पाएको दुखका बारेमा दर्जनौ पटक दुतावासलाई फोन गरेपनि उसले बेवास्ता गरेको गुल्मी अर्जेका कृष्ण बिष्टले गुनासो गर्नुभयो । दुई बर्ष अघि काठमाण्डौ नया बसपार्क स्थित ग्लोबल मेनपावर बाट सागर र कोसी मेन पावरबाट कृष्ण झण्डै डेढलाख बुझाएर कतार गएका थिए । गएदेखि ५ महिना मात्रै कबोल भन्दा निकै कम उनीहरुले मासिक पारिश्रमिक पाएका थिए ।
कतार आउदा लिएको ऋणको ब्याज थपिदै गएको छ, घर बाट पैसाको लागी फोन आईरहन्छ, गुल्मीका कृष्ण भन्छन् यहा खाने र बस्नेको ठेगान छैन । होटलमा कार्यरत ८ नेपाली मध्ये दुई तीन जनाले खानाकै लागी काम गरिरहेको मकवानपुरका सागरले जानकारी दिनुभयो ।
काम गरेपछि तलब नदिएपनि खाना खान दिने भएपनि उनीहरुले कामा गर्न बाध्य भएका हुन् । संगै काम गरेका फिलिपिन, भारत लगाएतका कामदारहरुले नियमित तलब पाईरहेको तर नेपालीहरुलाई कम्पनीले हेला गरेको उनीहरुको भनाई छ । होटलमा बुटवल, चितवन लगाएतका क्षेत्रका नेपालीहरु रहेको बताईएको छ ।
