२२ औं विश्व आदिवासी दिवस कतारमा भब्य रूपले संपन्न भयो !

Read Time:11 Minute, 49 Second

कृष्ण सारू मगर

कतार, श्रावण ३० – पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनको लागि हाम्रो साझा अभियान

भन्ने मुल नाराका साथ नेपाल आदिवासीजनजाति महासंघ द्वारा संवन्धन प्राप्त तथा अन्तराष्ट्रिय विश्व  “Indigenous Peoples’Right to Education” भन्ने नारालाई अनुशरण गरी नेपाल प्रवासी आदिवासीजनजाति महासंघ शाखा कतारले एसियन टाउन स्थित क्रिकेट खेलकुदको प्राङ्गणमा २२औं विश्व आदिवासी दिवस कार्यक्रम संघका विशेष सल्लाहकार दिल किरण खजुम लिम्बूको प्रमुख अतिथ्यमा संस्थापक, प्रमुख अतिथि, विशेष अतिथिले संयुक्त रूपमा स्मारिका २०१६को लोकार्पण गर्दै २२ औं विश्व आदिवासी दिवस भब्य संपन्न गरेको छ ।

स्वागत गीत पश्चात् अघि बढीको औपचारिक कार्यक्रममा विभिन्न १३ वटा मातृ संस्थाहरूले आआफ्नो परम्परागत भेषभुषा, संस्कार, संस्कृति, ईतिहास, मौलिक पहिचानका बारेमा जानकारी दिँदै सहभागीता जनाएको साँस्कृतिक झाँकीहरू समावेश गीतले हामी आदिवासीजनजाती भुमीपुत्र नेपाली हौँ भन्दै सन्देश मुलक प्रस्तुतिका संयोजक शिव कुमार भुजेलले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।

अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था संयुक्त राष्ट्र संघको ऐन ILO १६९ को विधानले अंगिकार गरेको विश्व मान्यता अनुसार Origin, Native, Aboriginal, Indigenous जसरी सम्बोधन गरे पनि शाब्दिक अर्थ एउटै हुने प्रष्टाउदै २०५८ मा राज्यले नेपाल आदिवासीजनजातिको सुचिकृत ५९ बाट हाल नेपाल सरकार अभिलेख सुचीमा ८१ दर्ता समेत भै सकेको अवगत गराउँदै, स्थापित २० जुलाई २००६का दिन ५ वटा मातृ संस्थाले सुरू गरेको महासंघले हाल १३ वटा मातृ संस्था रहेको छाता संगठन केन्द्रीय समितिले निर्माण गरेको मुल नारालाई संवोधन गरेको मगर संघ शाखाका द्धितिय उपाध्यक्ष समेत रहनु भएका संघका द्धितिय उपाध्यक्ष लिलम चिदि मगरले विश्वमा रहेका २२ औं आदिवासी दिवशको उपलक्ष्यमा सम्पुर्ण मानव जगतमा रहेका प्रति शान्ति समृद्धि सु-स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै स्वागत तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

मातृ संस्थाको प्रतिनिधित्व गर्दै, प्रवासी तामाङ समाजका अध्यक्ष थर्च लामा, जिल्लावासीको प्रतिनिधित्व गर्दै धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू, वैचारिक संगठनका प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्रे, तराई मधेस लोकतान्त्रिक मञ्चका हुसेन खान लगायत अन्य वक्ताहरूले आ-आफ्नो धारण राख्दै शुभकामना दिए ।

नेपाल आदिवासीजनजाति महासंघ केन्द्रीय समितिका अध्यक्ष नगेन्द्र कुमार कुमालले टेलिफोन संवाद द्वारा शुभकामना दिनुभएको थियो ।

जनप्रगतीशिल मञ्चका अध्यक्ष शनि कुमार वलीले भने, १० वर्षे जनयुद्ध जगमा १९ दिने दोस्रो जनआन्दोलनको प्राप्त उपलब्धि संविधानले संघियता, पहिचान, धर्म निरपेक्ष जस्ता थुप्रै मुद्दाहरूलाई संस्थागत गर्न नेकपा एकिकृतले नेतृत्व गरेको गठबन्धन सरकारमा ३वुँदे सम्झौता गरेको बताएका उनले सबै, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, वर्गलाई समेटेर संविधान संसोधनमा दृढताका साथ लाग्ने भएकोले आदिवासीजनजाति लगायत दलित, महिला, मुस्लिम, मदेशी अल्पसंख्यकका अधुरो, अपुरो रहेको सम्पूर्ण पहिचावादी शक्तिहरूले उक्त मुद्दामा कटिबद्ध भै लाग्नु पर्ने बताए ।

वरिष्ठ समाजसेवी तथा बुद्धिजीवी कमलमणि गुरागाईंले भने कुनै पनि सभा, समारोह लगायत विभिन्न शुभ कार्यक्रममा उनै, आदिवासीका साँस्कृतिक प्रस्तुतिले नेपाल र नेपालीको मान मर्यादा अस्तित्व जोगाउने महत्त्वपूर्ण भुमिका निभाएका छन् उहाँले थप्दै भन्नू भयो आफ्ना पहिचान र संघियताको लडाइ राज्य संग रहेकोले खवरदारी गर्नु पर्ने बताए ।

संघका पूर्व अध्यक्ष समेत रहेका गैर आवासीय नेपाली संघ NCC का अध्यक्ष विनेश तामाङले भन्नू भयो कुनै पनि धर्म वा राजनैनिक पार्टीमा आस्थावान रहेता पनि स्वाधीनताको लागि संघियता, न्याय, अधिकार, पहिचान, भौगोलिक विविधताको मुद्दामा सबै आदिवासी एकजुट हुन जोड दिनु पर्ने बताए ।

कार्यक्रमलाई संवोधन गर्दै संघीय लिम्बुवान संघर्ष समितीका महासचिव तिल विक्रम थेवेले गएको ३ असौज २०७३ को विश्वको उत्कृष्ट भनिएका संविधान प्रति ईङ्गित गर्दै यथास्थितिवादीले जारी गरिएको संविधानमा समानुपातिक शब्द हटाईको र धर्म निरपेक्षतालाई सनातन समावेश गरिएको हुँदा संघियाता विरोधी र धर्मनिरपेक्षता विरोधीलाई सरकारमा समावेश गराउनु उपज भएको दावी गर्दै, आदिमकाल देखी बसोबास रहेका ऐतिहासिक थाक-थलो नामेट गरी निराधार ७ प्रदेशले नेपाली भुमिपुत्र आदिवासी समुदाय प्रति कुठाराघात गरेको समेत उल्लेख गरे ।

नेपालको ईतिहासमा २४० वर्ष पहिले लिम्बूवानका लिम्बुले भाषिक आन्दोलन सुरू गरेको स्मरण गराउँदै, २२३ वर्ष नुवाकोटका तामाङले स्वाधीनताको लागि, २०८ वर्ष भोजपुरका राईले, भुमि अधिकारको लागि १५८ वर्ष लम्जुङका सुकदेव गुरूङले स्वशासनका लागि र १४० वर्ष अगाडि गोरखाका प्रथम वीर सहिद क्या। लखन थापा मगरले निरंकुश एकतन्त्रीय जहानिया राणा शासनका विरूद्ध दिएको त्याग र बलिदान सम्पुर्ण आदिवासीजनजाति लगायत विभिन्न शोसित पिडित, उपेक्षित वर्ग र समुदायका लागि जीवन याहुति दिने अन्ततः तत्कालीन प्रधान मन्त्री जंग बहादुर राणाको निर्देशनमा २ फागुन १९३३का दिन उनकै घर नजिक खिर्राको रूखमा निर्ममता पूर्वक झुण्डाएर हत्या गरेको हो ।

उक्त पीडा मगरातमा बस्ने मगरलाई सोध्नुहोस् भन्दै ब्यानर तर्फ देखाउँदै भने, लिम्बूवान, खम्बुवान, शेर्पा,  मधेस, नेवा, ताम्सालिङ्ग, थारूहट, तमुवान, मगरात, खसान खै ?उनले मधेसीले संघियता र पहिचानको आन्दोलन गर्दा यूपी, विहार देखाउँछन् भने, आदिवासीजनजातिले कुन देश देखाउने हुन् रु प्रश्न गरेका छन् ।

संविधान संसोधनका लागि ३बुँदे सम्झौता बमोजिम गठवन्धन सरकारले सदनमा पुर्‍याउने छ । पहिचान, संघियता, धर्मनिरपेक्ष लगायत अन्य संसोधित विधानको एमालेले सहमति नभए राष्ट्रमा नेपाली भुमिपुत्र आदिवासी समुदायको सबै भन्दा सत्रु रहने समेत दावी गर्दै उत्तेजित मुद्रामा प्रस्तुक भएका थेवेले आरोप लगाए ।

विशेष अतिथिहरूमा संघका संस्थापक, NRNA ICC का, गल्फ संयोजक उमेश अधिकारी, उमेश भट्टराई, आरके शर्मा एवं वरिष्ठ समाजसेवी तथा बुद्धिजीवी उधोग ब्यावसायीहरू रहेको थियो भने, विभिन्न जातीय, क्षेत्रीय, वैचारिक संघ, संस्था संगठनका प्रतिनिधि एवंम् पत्रकार महासंघ शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे लगायत विभिन्न देशका स्थानिय पत्रकारहरूलाई समेत अतिथि ग्रहण गराएको समारोहमा नेपाली महिला समाजकी अध्यक्ष समेत रहनु भएकी संघकी महिला संयोजक रेखा राईले पवित्र खादाले पाहुनालाई स्वागत गरेकी हुन् ।

विभिन्न मातृ संस्थाको प्रतिनिधित्व गर्दै सहभागी ९जना प्रतियोगिको मातृभाषा कविता गोष्ठी प्रतियोगिताको निर्णायक मण्डलमा विक्रम चेतनशील राई, डिएन पाङ्गी मगरले भुमिका रहेको उक्त प्रतियोगिताको नतिजा कविताका मुख्य निर्णायक भानु सुनुवारले सार्वजनिक गरेको हो ।

विजेताको नामावली निम्न तपशील बामोजिम रहेको छ । प्रथम, किराँत यायोक्खा समाजका राजन राईले २७६ द्धितिय, सुनुवार सेवा समाजका नीर ब। सुनुवारले २६४ मगर संघ शाखाका तृतीय, राम पुन मगरले २४६ र प्रवासी तामाङ समाजका कमल योञ्जन तामाङले २३८ अंक ल्याई सान्त्वना पुरस्कार हात पारेका छन् । विजयी प्रतियोगिलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सहभागी सबैलाई प्रमुख अतिथि, विषेश अतिथिको सह्योगमा संयोजकले प्रमाणपत्र प्रदान गरेको हो ।

संघका अध्यक्ष सियाराम चौधरीको सभापतित्व समापन भएको कार्यक्रम कोषाध्यक्ष नरेन्द्र लिम्बूको स्वागत तथा महासचिव पुरूषोतम सुनुवारको संचालनमा संपन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %