राज्यसत्ता
काठमाण्डौ, श्रावण २९ – संविधानमा आदिवासी जनजातिको पहिचान र सवाललाई यथेष्ठ सम्बोधन गर्न संचार क्षेत्रले निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरीएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले सो कूरा बताउनु भएको हो । आदिवासी जनजाति सवाल र मुद्दाले मूलधारका मिडियामा यथेष्ठ स्थान पाउन नसकेको भन्दै संचारकर्मी वक्ताहरुले नेपालको विविधता र वहुलता सूहाँउदो आमसञ्चार नीति तर्जुमा गर्नु पर्ने खाचो औल्याउनु भएको हो ।
परम्परागत ज्ञान, सीप र प्रविधिको संरक्षण र उपयोग जस्ता सामग्री मिडियामा आउन नसकेको गुनासो संचारकर्मी वक्ताहरुको थियो । भाषा संस्कृति र मौलिक रहनसहनलाई समाचारको विषय बनाई राष्ट्रिय सम्पत्तिको रुपमा जर्गेना गर्न संचार क्षेत्रको भूमिका अहम् हुनुपर्ने धारणा वक्ताहरुको थियो । संविधान संशोधन गरी संघियताको नामांकन र सिमाङकन गर्दा आदिवासी जनजातिको भाषिक र सास्कृतिक निरन्तरता दिनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले समाचारको विषयवस्तु र मानव संशाधनमा समावेशि नीति नआए सम्म आदिवासी जनजातिको वास्तविक अपनत्व भावना जागृत हुन नसक्ने ठोकुवा गर्नु भयो । प्रेस काउन्शिल नेपालका अध्यक्ष बोर्न बहादुर कार्कीले पत्रकारको योग्यता मापन कार्यदलले तयार पारेको प्रतिवेदनमा बृहत छलफल हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।
फोनिजका अध्यक्ष डण्ड गुरुङले सरकारले स्वीकृत गरेको उच्च स्तरीय संचार नीति कार्यदलको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्न माग गर्नु भयो । व्यावसायिक पत्रकारीताको विकास र आदिवासी सवाललाई फोनिजले सशक्त रुपमा उठाउने वहाले बताउनु भयो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादूर गुरुङले समाजलाई विखण्डित र होच्याउने विषयवस्तु सम्प्रेषण गर्न नहुने बताउनु भयो । फोनिजले यस वर्षको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार छापा, अनलाइन र रेडियो कर्मीलाई प्रदान ग¥यो । छापातर्फ नेपाल भाषाका पत्रकार मीरा राजभण्डारीलाई प्रदान गरीयो । यसैगरी अनलाइन मिडिया तर्फ इन्डिजिनियस मिडिया डटकमका देव कुमार सुनुवारलाई प्रदान गरीयो । साथै मातृभाषा पत्रकारीतामा सक्रिय योगदान पु¥याउन भएका रेडियो सगरमाथाका बुद्ध योञ्जन तामाङलाई पनि पुरस्कार प्रदान गरीयो । वहाँहरुलाई जनही २० हजार रुपैँया सहित सम्मान पुरस्कार प्रदान गरीएको हो ।
फोनिजले प्रत्येक वर्ष स्थापन दिवसको अवसरमा छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट आदिवासी जनजातिको सवाल र मुद्दामा विशिष्ट योगदान पु¥याउने पत्रकारहरुलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकको पुरस्कार चौथो संस्करण हो ।
फोनिजमा ४६ जिल्ला शाखा, ४ विदेश शाखा रहेको छ । यसै गरी ८ वटा जातीय पत्रकार संस्थाहरु यसमा आवद्ध छन् । फोनिज महासचिव गजुरधन राई का अनुसार फोनिजमा करीब ४ हजार व्यावसायिक पत्रकार आवद्ध छन् ।
