जारी संविधानले द्धन्द्ध पिडितहरुको अधिकारलाई सम्वोधन गर्न नसकेको:विरकट्टा

Read Time:2 Minute, 1 Second

गोविन्द घर्ती मगर

साउन, २७ – जारी संविधानले द्धन्द्ध पिडितहरुको अधिकारलाई सम्वोधन गर्न नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताउनु भएको छ ।

उहाले संविधानमा धर्म निरपेक्षता लेखिए पनि हिन्दु धर्मको संरक्षण गर्ने काम गरेको आरोप लगाउनु भयो । राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिद्धारा आयोजित नया मार्ग दर्शन प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । संघीय परिषद सदस्य विरकट्टाले मुलुकलाई द्धन्द्धबाट बचाउन संविधान पुनःलेखन गर्नु पर्नेमा जोड दिनु भयो ।

द्धन्द्ध पिडितहरुको पक्षमा संविधान पुनः लेखन गर्न शसक्त आन्दोलनको खाचो रहेकोले आन्दोलनमा जान कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिका अध्यक्ष डम्वरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य छत्र दर्लामी, जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा संघीय परिषद सदस्यद्धय दलबहादुर विरकट्टा, छत्र दर्लामी र जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले समसामायिक राजनितीमा प्रशिक्षण दिनु भएको थियो । नगर समितिका उपाध्यक्षको स्वागतमा भएको कार्यक्रममा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %