पत्रकार पाटा पुरस्कार पत्रकार सरु राना मगरलाई

Read Time:3 Minute, 28 Second

गोविन्द घर्ती मगर

साउन, २७ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले प्रदान गर्दै आईरहेको स्व.देवपाटा पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार सरु रानालाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले हरेक बर्ष प्रदान गर्दै आएको देवपाटा पत्रकारिता पुरस्कार यस बर्ष रेडियो लुम्विनीका पत्रकार रानालाई प्रदान गरिएको हो । फोनिजको १७ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमका वीच उक्त पत्रकारिता पुरस्कार प्रदान गरेको हो । फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर पाटाको नाममा स्थापना गरिएको उक्त पत्रकारिता पुरस्कार हरेक बर्ष आदिवासी जनजातिहरुको हक हितमा कलम चलाएका एक जना आदिवासी जनजाति पत्रकारलाई प्रदान गर्दै आईरहेको छ ।

सो अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका पश्चिमाञ्चल ईन्चार्ज देव पचभैयाले आदिवासी जनजाति पत्रकारहरुको अवस्था दयनीय रहेको बताउनु भयो । उहाले अवका दिनमा आदिवासी जनजातिहरुले सञ्चार क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै आदिवासी जनजातिहरुको सञ्चारगृह भएमात्र आदिवासी जनजातिहरुको मुद्दाले प्राथमिकता पाउने बताउनु भयो । ईन्चार्ज पचभैयाले सञ्चार क्षेत्रमा लगानी गर्न नचाहने तर आदिवासी जनजातिहरुको मुद्दाले प्राथमिकता नपाएको गुनासो गरेर मात्र केही नहने बताउनु भएको थियो । उहाले आदिवासी जनजाति पत्रकार उत्पादन गर्न जनजाति महासंघ र एकल जातीय संस्थाहरुले पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष बिमला गुरुङ्ग, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेरबहादुर केसी, पारश्रमिक निधारण समितिका सदस्य दिपक ज्ञवाली, नेपाल मगर संघका कार्यवहाक अध्यक्ष गीता सारु, थकाली सेवा समितिका अध्यक्ष शिवप्रसाद शेरचन, नेवाः पुचः का अरुणलाल श्रेष्ठ, नारायणी पाटा, चिनबहादुर गुरुङ्ग, दिपक गुरुङ्ग, योग गुरुङ्ग, लोकनेश ढेंगा, सरु राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष राज चौधरीको स्वागत, सचिव आशिष सूर्यवंशीको संचालनमा भएको कार्यक्रममा कमल थापाले स्व. पत्रकार देव पाटाको जीवनी माथि प्रकाश पार्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %