फोनिज पाल्पाले मनायो १७ औ स्थापना दिवस: ४ पुरस्कार स्थापना !

Read Time:3 Minute, 20 Second

देव पचभैया

पाल्पा, श्रावण २७ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) पाल्पामा आदिवासी जनजाति पत्रकारहरुको संरक्षण र प्रोत्साहनका लागी ४ वटा पत्रकारीता  पुरस्कार स्थापना हुने भएको छ ।

फोनिज केन्द्रको १७ औ स्थापना दिवसका अवसरमा बिहिबार तानसेनमा आयोजित  शुभकामना एबं अन्र्तक्रियात्मक कार्यक्रममा फोनिज पाल्पाका सस्थापक अध्यक्ष एबं पश्चिमाञ्चल संयोजक देब पचभैया, फोनिज पाल्पाका अध्यक्ष राजकुमार आले, सचिब हरी बहादुर सारु र नेपाल मगर संघ पाल्पाका पुर्ब अध्यक्ष बल बहादुर रानाले बेग्ला बेग्लै रुपमा आदीबासी जनजाति पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

नेपाल मगर संघको कार्यालय बडिज्ञानटोलमा भएको अन्र्तक्रियात्मक कार्यक्रमका प्रमुख अतिथि फोनिज पश्चिमाञ्चल संयोजक देब पचभैयाले उच्च स्तरिय समितिले निर्माण गरी सरकारलाई बुझाएको समाबेशी आम संचार नितिको तत्काल कार्यान्वय गर्न सरकार संग माग गर्नुभयो । श्रमजिवि पत्रकार एैनलाई ब्यवहारमा  प्रयोग गर्न र संबिधान निर्माण पछि आदिबासी जनजातिहरुमा रहेको असन्तुष्टीलाई तत्काल सम्बोधन गर्न पनि माग गर्नुभएको छ ।

प्रमुख अतिथि पचभैयाले समाबेशी मिडियाको वकालत गर्दै अघि बढेको फोनिजले केन्द्रमा आफ्नै भवन निर्माण गर्न शुरुवात गरेकाले सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।

यसै बिच फोनिज केन्द्रको भवन निर्माणमा सहयोगका लागी फोनिज पाल्पाका अध्यक्ष राज कुमार आलेको संयोजकत्वमा एक समिति निर्माण भएको छ । कार्यक्रममा आदिबासी जनजाति महासंघ पाल्पाका उपाध्यक्ष प्रेमसागर शाही, फोनिज पाल्पाका सल्लाहकार राजेन्द्र लिगल, भुजेल सेवा समाजका जिल्ला अध्यक्ष मधुसुदन घर्ती, तामाङ्ग घेदुङ्ग समाजका अध्यक्ष बिन्दु तामाङ्ग, मगर संघ पाल्पाका पुर्ब अध्यक्ष बल बहादुर राना, मगर संघ तानसेन नगर समितिका अध्यक्ष धनसिंग थापा लगाएतले बोल्नु भएको थियो ।

फोनिज पाल्पाका अध्यक्ष राजकुमार आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष सिता गाहाले गर्नुभएको थियो भने सदस्य निर बहादु सारुले पाहुनाहरुको स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %