काठमाडौँ ६ चैत
काठमाडौको मखनस्थित केदार श्रेष्ठको घरमा गएराति आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदार श्रेष्ठका छोरा ३४ वर्षीय राजेश र २२ वर्षीय महेशको आगलागीका बेला भाग्न नसकेर मृत्यु भएको हो ।
आगलागी राति ११ः३० बजे भएको र दुई घन्टापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र वारुण यन्त्रको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।
विशाल बजारस्थित जनसेवा सामुदायिक प्रहरी परिसरका प्रमुख प्रहरी निरीक्षक अवधेश विष्टले मृतकका बुबाआमा अचेत अवस्थामा वीर अस्पतालमा उपचारका क्रममा रहेको, थप अनुसन्धानको क्रम जारी रहेको र क्षतिको विवरण यकिन आइनसकेको जानकारी दिए ।