रानालाई पाटामगर पत्रकारिता पुरस्कारबाट सम्मान गरिदै !

Read Time:2 Minute, 18 Second

आशिष सूर्यवंशीमगर

बुटवल, श्रावण २७ – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले सरु रानालाई ‘देवबहादुर पाटामगर उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७३’ बाट सम्मान गरिदै छ ।

फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व.देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पुरस्कारको आठौँ संस्करणबाट रेडियो लुम्बिनीमा कार्यरत रानालाई सम्मान गरिने भएको हो । फोनिज रुपन्देहीको बैठकले लोकनेश ढेंगामगर संयोजक, गोविन्द घर्तीमगर र हिक्मत चौधरी सदस्य रहेको पत्रकार छनोट समितिले सिफारिस गरेको रानाको नामलाई अनुमोदन गर्दै श्रावण २७ गते १७ औ फोनिज दिवसको अवसरमा रानालाई प्रमाण पत्र र नगद राशीबाट सम्मान गर्ने भएको छ ।

यस वर्ष ५ सय नगद राशी वृद्धि गरेर ५ हजार ५ सय नगदबाट पत्रकारलाई सम्मान गरिने फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहामगरले जानकारी दिनु भयो । बैठकले फोनिज पश्चिमाञ्चल संयोजक देवबहादुर पचभैयालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने समेत निर्णय गरेको छ ।

फोनिजले यस पटकको स्थापना दिवस पनि आदिवासी जनजाति महासंघ, आदिवासी सम्बद्ध एकल जातिय संघ–संगठन र आदिवासी जनजातिका अगुवा तथा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ ।

फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता तथा सचिव आशिष सूर्यवंशीको संचालनमा बसेको बैठकमा सल्लाहकार भिमप्रसाद गुरुङ तथा सुन्दर तरामु, कमल थापा लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %