दिपा आले मगर
काठमाडौं, साउन २६- पहिचान र अधिकार सहितको संघियता, आदिबासी जनजातिको अडान ! अपूरो र अधुरो संविधान संशोधनकालागि हाम्रो साझा अभियान !! भन्ने मूल नारा सहित आज २२ औं विश्व आदिबासी दिवस मनाए ।

नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आयोजनामा भएको कार्यक्रमले २२ औं विश्व आदिबासी दिवस मनाएको हो ।
दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्को साल सरकारले विश्व आदिबासी दिवस मनाउने बताउनु भयो । २२ औं विश्व आदिबासी दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समारोहका विशेष अथिति सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको मौखिक सहमति अनुसार घोषणा गरेको बताउनु भयो ।
उहांले भन्नु भयो–म भाषण भन्दा पनि काममा विश्वास गर्छु । उहांले कांग्रेस नेता रामचन्द्र पौडेलसंग कुराकानी भएको बताउंदै आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई विश्व आदिबासी जनजाति दिवस राज्यस्तरबाट किन नमनाएको भनेर चांसो राखेको बताउनु भयो ।
प्रश्नको जवाफमा कुमालजीले सरकार आदिबासी जनजातिप्रति सकारात्मक नभएपछि जनजाति महासंघले आफै मनाउंदै आएको बताउनु भयो । उहांले भन्नु भयो–म उत्पीडित समुदाय, आदिबासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसी सबै समुदायको लागि सबै भन्दा ठूलो संघर्ष र नेतृत्व गरेको मान्छे म ।

आजनै घोषणा गर्छु, प्रधानमन्त्रीको हैसियत भएकोमा । अर्को साल यो दिवस सरकार र आदिबासी जनजाति मिलेर मनाउनेछ । प्रधानमन्त्री दाहालले भने म भाषण भन्दा पनि काम गरेर देखाउनेछु । कार्यक्रममा बोल्दै उहांले यो सरकार बन्ने बेलामा नेपाली कांग्रेस संग सात बुंदे सहमति भएको छ ।
मधेसी, थारु र आदिबासी जनजातिसंग तीनबुंदे सहमति भएको उल्लेख गर्नु भयो । सहमतिमा भनिएको छ संविधान संशोधन गरेर मधेसी, थारु र आदिबासी जनजातिका मागहरुलाई सम्बोधन गरिनेछ भनेर म प्रधानमन्त्री भएको हुं । उहांले भन्नु भयो म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु । हाम्रो तर्फबाट यो संविधानलाई संशोधन र परिमार्जन गरेर सर्वस्विकार्य बनाउने र संविधान कार्यान्वयनको प्रक्रियालाई गति दिने दिशातिर यो सरकार अगाडि बढ्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व आदिबासीको अवसरमा नेपालमा रहेका आदिबासी बासी जनजातिलाई मात्र होइन विश्वभर रहेका आदिबासी जनजातिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
उहांले मुलुक यति बेला इतिहासको असाध्यै महत्वपूर्ण र गम्भीर मोडबाट अघि बढेको बताउदै मुलुक बहुजातीय, बहुभाषिक, बहुर्धािमक, बहुसांस्कृतिक, भौगोलिक विविधतालाई संविधानले सम्बोन गर्ने उल्लेख गर्नु भयो । संविधान र राज्यमा सबै जातजाति, भाषाभाषीले आफ्नो पहिचान र अधिकार समाहित छ भन्ने विश्वास नगरेसम्म आन्तरिक राष्टियतामा एकता सृद्दढ हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दहालले भन्नु भयो मैले एउटा चूनौतिपूर्ण अवसर प्राप्त गरेको महशुस गरेको छु ।
यो देशका सबै उत्पीडित आदिबासी जनजाति, मधेसी, मुस्लिम, थारु, महिला, दलित लगायतका सबै उत्पीडितहरुलाई यो संविधानमा आफ्नो अपनत्व स्वामित्व ग्रहण गर्न सक्ने बनाउने दिशातिर लाग्ने विश्वास दिलाउनु भयो । कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले ‘पहिचान भेटिने र द्वन्द्व मेटिने’ भन्ने स्वर्गीय नेता भीमबहादुर तामाङको भनाइ उदृत गर्नु भयो ।
उहाले यो संविधान संशोधनसँगै उत्पीडित सबै समुदायले स्विकार्य बनाउने बताउनु भयो । पौडेलले भन्नु भयो ‘संविधान पहिलो संशोधन भएको छ, फेरि पनि हुनसक्छ,’ जनताको संघर्षबाट प्राप्त संविधान अपहेलित तुल्यान नमिल्ने उल्लेख गर्दै भन्नु भयो , ‘यो संविधान लागू भएन भने फेरि निरंकुशतामा फर्किन सक्छ ।
त्यसैले परिवर्तनलाई संरक्षण र कार्यान्वयनतर्फ लाग्नु पर्छ ।’वरिष्ठ नेता पौडेलले नेपालीको मौलिक सांस्कृतिकमाथि विविधता साम्राज्यवादी अतिक्रम भइरहेको उल्लेख गर्दै यसबाट जोगिनु पर्ने समेत उल्लेख गर्नु भयो ।
२२ औं विश्व आदिबासी जनजाति दिवसको अध्यक्षता महासंघका अध्यक्ष नगेन्द्र कुमालले गर्नु भएको थियो । कार्यक्रममा पूर्व अर्थ मन्त्री वर्षमान पुनमगर, विभिन्न पार्टीका नेताहरु रेशम गुरुङ, योसदा लामा, रुक्मणी चौधरी लगायतले बोल्नु भएको थियो भने स्वागत मन्तब्य संघका कोषाध्यक्ष जगत बरामले गर्नु भएको हो । कार्यक्रममा रयाली भृकुटी मण्डपबाट सुरु भई प्रज्ञा भवनमा समापन भएको थियो ।
आदिबासी जनजातिहरुले आ आफ्ना भेषभुषामा सजिएर झाकी सहितको रयाली गरेका थिए । दिवस सम्पन्न गर्न आदिबासी जनजाति महासंघका घटक संगठन विद्यार्थी संगठनको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन किरांत जातीको ढोलक बजाएर प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता रामचन्द्र पौडेले उद्घाटन गर्नु भएको थियो ।
