आदिबासी भन्नेले मूलबासी भन्नु औचित्यहीन: मेचे

Read Time:2 Minute, 51 Second

 राज्यसत्ता 

झापा, साउन २६- मंगोल नेशनल अर्गनाइजेशनका कार्यवाहक अध्यक्ष बुद्धलाल मेचेले वास्ताविक मूलबासीको नाममा आदिवासी जनजाति भनेर विश्वलाई ठग्नेहरुले अब मूलबासी भन्नुको कुनै औचित्य नरहने बताउनु भएको छ ।

२२ औं विश्व मूलबासी दिवसको अवसरमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले चारआलीस्थित संगठनको कार्यलयमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका मेचेले सम्बोधनका क्रममा मूलबासीलाई संविधानमा लिपी वद्ध गरेरै छाड्ने बताउनु भएको छ। यी आदिबासी जनजातिहरु विदेशी हुन् जो नेपालमा अल्पसंख्यक छन् ।

उहाँले भन्नु भयो, ‘आदिवासी जनजातिहरुले राजनीतिक शक्तिको आडमा यहाँका मूलबासी मंगोलको अस्तित्व समाप्त पारेका छन् । प्रमुख अतिथि मेचेले यहाँका मूलबासी मंगोलहरुलाई विभेद गरिएकोले आफूहरुले संबिधान नमानेको जिकीर गर्दै भन्नु भयो । ‘यो संबिधान नभएर बाहुन क्षेत्रीको दस्तावेज हो ।’

 अर्को बक्ता बरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमालले संसारका मूलबासीहरुले मूलबासी भन्ने अधिकार पाएको भए पनि नेपालमा राज्यले यहाँका वास्तविक मूलबासीलाई मूलबासी भन्नबाट बञ्चित गरेको बताउनु भयो ।

 झापा जिल्ला सभाका अध्यक्ष श्याम लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सदस्य टोमराज थाम्सुहाङ, केन्द्रीय सदस्य एवम् मंगोलभिजनका सम्पादक दिलिप धिमाल, खोटाङ जिल्ला संयोजक जीवन मंगोल, ओखलढुंगा जिल्ला अध्यक्ष बजेन्द्र अम्बुले, मेचीनगरका अध्यक्ष भाष्कर चाम्लिङ लगायतले पनि २२ औं विश्व मूलबासी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

खड्ग स्याङ्वोले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा मंगल सिंह लिम्बु, राम चेम्जो, युद्ध थुलुङ र जय बहादुर चेम्जोङले मंगोल स्वागत गीत गायका थिए भने जिल्ला सचिव राजेन्द्र चेम्जोङले सञ्चालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %