नेपाल आ.ज. महासंघ रुपन्देहीले २२ औं आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 50 Second

गोविन्द घर्ती मगर

रूपन्देही,साउन २५ – जारी संविधानले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न नसकेको रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले संविधान शंसोधन गरेर भएपनि संविधानमा आदिवासी जनजातिहरुको हक र अधिकार लेखिनु पर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले २२ औं आदिवासी दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमका बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको हरेक आन्दोलनमा आदिवासीहरु अग्रपंत्तीमा रहेपनि अधिकारबाट बन्चित हुनु परेको बताएका थिए । उनीहरुले राज्यसत्तामा आदिवासीहरुको प्रनिनिधित्व नहुदा सम्म अधिकार सुनिश्चित हुन नसक्ने बताउदै आदिवासीहरु राजनैतिक रुपमा सचेत हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका राज्यको मुल प्रवाहमा आदिवासी जनजातिहरुले समेट्नु पर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका दलबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति अभियन्ता केशरबहादुर गुरुङ्ग, रुपन्देहीका स्थानीय विकास अधिकारी नवराज सेवेदी, आदिवासी जनजाति समन्य समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा, तमु छोंज धीका केन्द्रिय अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, नेपाल मगर संघका गिता सारु, तमु छोंज धीका सूर्यलाल तमु, थारु कल्याणकारिणी सभाका शतिसकुमार चौधरी, तामाङ्ग घेदुङ्गका वीरबहादुर लामा, भुजेल सेवा समाजका ज्ञानबहादुर भुजेल, आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका पुर्व उपाध्यक्ष धनबहादुर गुरुङ्गले बोल्नु भएको थियो ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका झमबहादुर गुरुङ्ग, नेपाली काग्रेसका काजीमान श्रेष्ठ, नेकपा एमालेका चिनबहादुर गुरुङ्ग, माओवादी केन्द्रका हकिकुल्ला खा, क्रान्तिकारी माओवादीका भुलबहादुर सुनारी, नया शक्ति नेपालका देवेन्द्र पाण्डे, नेकपा कम्यूनिष्ट पार्टीका कृष्णबहादुर मोक्तान, तेजेन्द्र थापा, टेकबहादुर मास्की राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा बयोवृद्ध ईन्द्रबहादुर गौचनलाई सम्मान गरिएको थियो । बुटवलको लखनमा रहेको प्रथम सहीत लखन थापाको शालिकमा माल्यापर्णगरी शुरु भएको र्याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । महासंघका उपाध्यक्ष विमला गुरुङ्गको स्वागत र सचिव ज्ञानेन्द्र भुजेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %