रेनुका काउचा लार्इ अत्याधिक भोट दिई बहुमतले विजयी गराऔं

Read Time:2 Minute, 50 Second

दिपा आले मगर,

 काठमाण्डौं,अषाढ २५- जुझारु, सक्षम र योग्य नेता रेनुका काउचा यति बेला नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दैछिन् ।

उनी नेपाल मगर संघ केन्द्रीय समितिकी नवनिर्वाचित मुख्य सचिव हुन् । यति मात्र होइन देशैकै ठूलो तेस्रो जाती मगर समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष पदको सफल नेतृत्व गरि सकेकी छिन् । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं सरस्वती क्याम्पसको स्ववियू कोषाध्यक्ष भइसकेकी काउचा कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार पनि थिइन् ।

लामो समयदेखि राजनीतिकमा होमिएकी काउचा राजनीतिक संगसंगै अध्ययनलाई पनि प्राथमिकता दिर्दै अघि बढेकी छिन् उनले एमबीएस गरेकी छिन् भने एलएलबी पनि सकाइसेकी छिन् । बाग्लुङ घर भई काठमाडौंको मुटुमा बसेर अध्ययनका साथै राजनीतिक, सामाजिक, शैक्षिक मुद्धालाई सधै आत्मा साथ गर्दै जुझारु, सक्षम र योग्य नेता हुन् रेनुका । उनले देशको भौगोलिक संरचना र बस्तुस्थितिलाई मध्येनजर गर्दै सबै जातजाति, भाषाभाषीको भावनालाई बुझेर मातृ भाषामा पढ्ने अवसर पाएं शिक्षामा अझ प्रभावकारी हुने बताई ।

काउचा भन्छिन्–हाम्रो देशको शिक्षा नीति बैज्ञानीक, व्यवहारी र देशको माटो अनुसार भए आफ्नै देशमा हजारौं विद्यार्थीहरुले स्वरोजगार पाउने थिए ताकि विदेशी भूमिमा गएर पसिना र रगत बगाउनु पर्ने अवस्था आउने थिएन । लामो समय विद्यार्थीको उज्जवल भविष्य बनाउने सपना भोकेर उनी नेपाल विद्यार्थी संघको मैदानमा अहोरात्र खटिरहेकी छिन् । उनको योगदानलाई मूल्यांकन गरेर जनजातितर्फबाट उम्मेदवार दिएकी रेनुका काउचालाई  देशभरीका प्रतिनिधि मित्रजनहरुले भोट दिई अत्याधिक बहुमतले विजयी गराउन अनुरोध  गरेकी छिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %