प्रधानमन्त्री खनाललाई तीन देशका राजदूतहरुले भेटे

Read Time:1 Minute, 22 Second

काठमाडौँ, ४ चैत

प्रधानमन्त्री झलनाथ खनालसँग आज बेल्जियम, फिलिपिन्स र आर्मेनियाका राजदूतहरूले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेट गरे ।

उक्त भेटमा द्विपक्षीय सहयोग र नेपालमा आर्थिक विकासका लागि लगानी गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मिलन तुलाधरले जानकारी दिए  ।

यसैगरी नेपालको शान्तिप्रक्रिया र संविधान लेखनलाई निर्धारित समयमै टुङ्ग्याउने प्रतिबद्धता प्रधानमन्त्री खनालले सो अवसरमा व्यक्त गरेको सल्लाहकार तुलाधरले बताए  ।     
प्रधानमन्त्री खनालसँग भेटघाट गर्नेहरूमा नेपालका लागि बेल्जियमका राजदूत पियरे भासेन, फिलिपिन्सका राजदूत रोनाल्ड बी अलारी र आर्मेनियाका राजदूत आरा हाकोब्यान थिए  ।

उनीहरूले राष्ट्रपति डा रामवरण यादवबाट हिजो आ–आफ्नो ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %