काठमाडाँै, ४ चैत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक योजना तथा निर्माण मन्त्रालयले गरेको इन्जनियरिङ परिषद्को अध्यक्ष नियुक्ति रद्द गर्न मन्त्रालयलाई पत्राचार गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐनमा परिषद्को अध्यक्ष हुन स्नातकोपाधि प्राप्त गरी १५ वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त व्यक्ति हुनुपर्ने उल्लेख रहेको आयोगले जनाएको छ ।
मन्त्रालयले यसअघि इन्जिनियर शालिग्राम तिवारीलाई परिषद्को अध्यक्ष पदमा नियुक्त गरेको थियो । श्री तिवारीको योग्यताका विषयमा प्रश्न उठाई आयोगमा उजूरी समेत परेको थियो ।