२२ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी कास्कीमा पनि मनाइने

Read Time:1 Minute, 43 Second

रूद्र श्रीसमगर

पोखरा, २१ साउन

२२ औं विश्व आदिवासी दिवस (अगष्ट ९) कास्कीमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ ।

‘अधिकारसहितको संघीयता, आदिवासी जनजातिहरूको अडान, अपूरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीको आयोजनामा २२ औं विश्व आदिवासी दिवस मनाइने भएको हो ।

जिल्ला समन्वय परिषदको शुक्रबार बसेको बैठकले यस वर्षको आदिवासी दिवस विशेष समारोहको आयोजना गरी मनाउने निर्णय गरेको अध्यक्ष पान बहादुर घर्तीले जानकारी दिए ।

यही साउन २५ गते नेपाल मगर संघ, कास्कीको सभाहलमा हुने कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी, नयाँ शक्तिलगायतका विभिन्न पार्टीसम्बद्ध आदिवासी जनजाति नेताहरूले सम्बोधन गर्ने सचिव पूर्ण ह्योल्मोले जानकारी दिए । नयाँ संविधान अपूरो रहेको भन्दै संशोधन गरी आफूहरूका कुरा समेट्न आदिवासी जनजातिहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %