सोनु थापा मगर
बुटवल । नेपाल मगर बुहारी संघ बुटवल–१० सुख्खानगरले प्युठानका पहिरो पीडितलाई राहात उपलब्ध गराएको छ । प्युठान रुपन्देही सम्पर्क मञ्चमार्फत संघका अध्यक्ष ज्योती थापा मगरले शुक्रबार राहातका सामग्री हस्तान्तरण गरेकी हुन । संघले करीब तीन क्विन्टल चामल, तेल, दुई क्विन्टल आँटा, दुई क्विन्टल नुन, चार पेटी चाउचाउ, बिस्कुट, चिउरा, भुजा सोयाविन लगायतका खाद्यान्न सामग्री मञ्चममार्फत उपलब्ध गराएको हो ।
संघका पदाधीकारीहरु चुचुमाया दर्लामी, माया सारु, पुनम रजाली, नेपाल मगर संघ बुटवल नगर समितिका सचिव थर्क बहादुर बाह्रघरे, पानसीरी थापा मगर लगायतका
समाजसेवीहरुको उपस्थितिमा राहात बितरण गरिएको हो
