विवादित विषयमा चाँडै सहमति हुन्छः प्रचण्ड

Read Time:1 Minute, 28 Second

काठमाडौ, चैत्र ४
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबैले सक्रियता देखाए जेठ १४ भित्र संविधान लेखन कार्य पूरा हुने बताएका छन् । उनले शासकीय स्वरुप तथा निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयमा चाँडै दलहरुबीच सहमति जुट्ने विश्वास व्यक्त गरे ।

सिंगापुरको तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सरकार विस्तार,संविधान निर्माण र शान्ति प्रक्रियका विषयमा चाँडै महत्वपूर्ण निर्णय हुने बताए । सबै विषयमा सकारात्मक ढंगले हामी अगाडि बढीरहेको छौ,उनले भनेविवादित विषयहरुमा सहमति जुट्ने छ ।

संविधान निर्माणमा देखिएको विवाद अन्त्य गर्न गठित उपसमितिका संयोजक समेत रहेका दाहालले दुई साता भित्र महत्वपूर्ण विषयहरुमा सहमति जुट्ने बताए । उनले कार्यदलले तयार पार्ने मोडालिटीका आधारमा सेना समायोजन लगायतका कार्य अघि बढ्ने उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %