नेपाल मगर विद्यार्थी संघ नवलपरासीको छैटौ जिल्ला अधिवेशन

Read Time:3 Minute, 39 Second

सहज राना मगर

साउन १७

नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति नवलपरासीको छैटौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम यहि साउन १५ गते “सम्पुर्ण नेपाल मगर विद्यार्थी एक हौ, शैक्षिक जागरण जगाऔ” भन्ने मुल नाराका साथ संघका अध्यक्ष भिमलाल गाहा मगरको सभाध्यक्ष र नेपाल मगर विद्यार्थी संघ केन्द्रीय मुख्य सचिव विशाल रानाको प्रमुख अतिथ्यमा होटल द फुलमुन कावासोतीको सभाहलमा सम्पन्न भएको थियो ।

विशेष अतिथीमा नेपाल मगर संघ केन्द्रिय सदस्य लिला मास्कि राना, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष कोकील अस्तानी मगर, नेपाल मगर संघ जिल्ला कार्य समितिका सल्लाहकार दुर्गा बहादुर राना, कं धन बहादुर मास्किी राना, नेपाल मगर संघ जिल्लाका सचिव ईन्द्रफाल जिल्ला सदस्य देविसरा पुलामी विद्यार्थी संघका संस्थापक सचिव के.वि.राना, लुम्बीनी अञ्चल मगरात ईन्चार्ज विष्णु राना लगाएको सहभागीता रहेको कार्यक्रममा नवलपरासी जिल्लामा रहेको विविन्न क्याम्पसबाट करिव ३०० जानको सहभागीता रहेको थियो ।

कार्यक्रममा जिल्ला कार्य समितिको चयन भने यहि साउन २९ गते लूम्बिनी डिग्री कलेजमा विहान १० बजे देखि हुने भएको छ । सोही दिनको कार्य समति चयन प्रक्रिया सर्वसहमतीमा कार्य समिति चयन गराउन असमर्थ भए पश्चात निर्वाचन मंडलले सोही दिन चयन प्रक्रियाबाट छान्न नसकिने वताउदै २९ गते मतदान प्रक्रियाबाट अगाडी बढाउने जानकारी दिए लगतै वन्द सत्रको कार्यक्रम समापन गरेका थिए ।

नेपाल मगर विद्यार्थी संघको जिल्ला कार्यसमितको अध्यक्षको उमेदवार २ जना रहेको थियो जस्मा पुर्व नेपाल मगर विद्यार्थी संघका जिल्ला सदस्य सहज राना र भानुदय बहुमुखी क्याम्पस ईकाई समतिका सचिव सन्तोष थापाको उमेदवारी परेको थियो भने उपाध्यक्षमा १ जानको मात्र उमेदवारी परेको थियो जस्मा देवि सोती मगर देउरालीबाट र सचिव पदमा ३ जनाको उमेदवारी परेको थियो भने सह सचिवमा १ जनाको मात्र उमेदवार परेको थियो जस्मा मुना थापा मगर मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीबाट र कोषाध्यक्षमा २ जनाको उमेदवार रहको छ भने सदस्यमा १० जनाको उमेदवार रहेको छ । निर्वाचन मंडलका संयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रीय कोषाध्यक्ष कोकील अस्तानि मगर र निर्वाचन सदस्यमा मगर संघ जिल्लाका सचिव ईन्द्रफाल र केवि राना रहेका छन ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %