नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद देवदहको बैठक सम्पन्न

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ती मगर

साउन, १५ – नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद देवदहको बैठक देवदह–३ सेमराहनामा सम्पन्न भएको छ । बैठकले २२ औं विश्व आदिवासी दिवस ९ अगष्ट भव्यताका साथ मनाउने निर्णय गरेको छ । बैठकले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीले आयोजना गरेको साता व्यापी कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन महासंघका उपाध्यक्ष बालकुमारी तामाङको संयोजकत्वमा ५ सदस्यीय उपसमिती गठन गरेको छ । जसको सदस्यहरुमा बुद्ध गुरुङ, विन्दु थापा, किमबहादुर थापा र कृष्ण कुमाल रहेका छन् । ९ अगष्टको मुल समारोहमा देवदहबाट व्यापक सहभागिता जनाउनका लागि ८ वटा बस परिचालन गरिने अध्यक्ष बमबहादुर गुरुङले बताउनु भयो । बैठकमा आर्थिक बर्ष ०७२/०७३ को आर्थिक आय व्यय र भवन निर्माणको आय व्ययको प्रतिवेदन भवन निर्माण समितीका अध्यक्ष चक्रबन्धु थापाले प्रस्तुत गर्नु भएको उहाँले बताउनु भयो । बैठकले रिक्त रहेको परिषदको सह सचिव पदमा कुमाल सेवा समितीका सचिव रमा कुमाललाई चयन गरिएको र नेपाल कुमाल सेवा सुधार समितीको दोश्रो नगर अधिवेशनबाट कृष्ण कुमाल निर्वाचीत हुनु भएकोमा बधाई ज्ञापन गरिएको परिषदले जनाएको छ ।

परिषदका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको बैठक भेलामा प्रमुख सल्लाहकार भिम गुरुङ,सल्लाहकारहरु बिरबहादुर थापा,कालुराम थापा,तमु ह्युल छोज धि देवदह नगर अध्यक्ष टौबहादुर गुरुङ,नेपाल कुमाल सुधार समिती देवदह नगर समिती अध्यक्ष कृष्ण कुमाल, नेपाल मगर संघ देवदहका उपाध्यक्ष शोभा थापा, थारु कल्याणकारी सभाका उपाध्यक्ष चन्द्रिका थारु लगायतले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहसचिव रमा कुमालको सञ्चालनमा र उपाध्यक्ष बालकुमारी तामाङको स्वागतमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %