देब पचभैया
काठमाण्ठौ, श्रावण १५- दक्षिण कोरियामा शनिबार बिहान भएको सडक दुर्घटनामा परि पाल्पाका ३१ बर्षिय हेमन्त आचार्यको ज्यान गएको छ । खावान्दो बन्जुमा भएको कार दुर्घटनामा परेर आचार्यको ज्यान गएको नमस्ते पाल्पा परिवारका अध्यक्ष सुशिल गाहाले जानकारी दिनुभयो ।
पश्चिम पाल्पाको सिद्धेश्वर का आचार्य पाच बर्ष कोरिया बसेर नेपाल फर्किएको र सिबिटी परिक्षा दिएर पुन ७ महिना अघि कोरिया पुगेको दक्षिण कोरीया रहेका डोल बहादुर आलेले जानकारी दिनुभयो । आलेका अनुसार आचार्यले ६ महिना अघि मात्रै बिहे गरेर थिए । गाडी मर्मत गर्ने कम्पनीमा कार्यरत हेमन्त कोरियामा गर्मी बिदा शुरु भएकाले अर्के कम्पनीमा कार्यरत पाचथरका सुभास मुखिया संग घुम्न निश्किएका थिए । दुर्घटनामा गंभिर घाईते मुखियाको अवस्था पनि चिन्ता जनक रहेको बताईएको छ । उनको खिदोक बन्जुअस्पतालमा उपचार भैरहेको छ ।
