पाल्पामा राजगोमन संरक्षण सचेतना कार्यक्रम सम्पन्न

Read Time:5 Minute, 35 Second

देब पचभैया

  पाल्पा, श्रावण १५-जोखिमउन्मुख प्रजाति राजगोमन भेटिएको स्थान पाल्पाको अर्गलीमा राजगोमन संरक्षण सचेतना कार्यक्रम सम्पन्न भएको छ । राजगोमन मार्न तम्सिएका गाउलेलाई भेला गरेर हिमालयन नेचर नामक सस्थाले दुई दिने राजगोमन लगाएत समग्र सर्पको महत्व र यसले पार्ने असरका बारेमा जानकारी दिएको हो । प्रशिक्षण कार्यक्रममा सर्पका  अनुसन्धान कर्ता कुल बहादुर थापा मगरले राजगोमनको संरक्षणले धर्मसंस्कृतिको जगेर्ना गर्ने र पर्याबरण सन्तुलन कायम राख्ने बताउनुभयो । राजगोमनले बिषालु अन्य सर्पको नास गर्ने , मानिसमा बिभिन्न रोग सार्ने मुसाको नियन्त्रण गर्ने , हिन्दुधर्ममा राजगोमनलाई नागराजको रुपमा पुजिने लगाएतका कार्यहरुले पनि यसको संरक्षण आवश्यक रहेकोमा मगरले जोड दिनुभयो ।

त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका बिज्ञान बिषयका सहप्रध्यापक पित बहादुर नेपालीले नेपालमा पाईने ८० प्रकारका सर्पहरु मध्ये ३९ प्रजातिका मात्रै बिषालु हुने जानकारी दिदै पाल्पाका कालीगण्डकी नदी आसपासका क्षेत्रमा ५ प्रकारका मात्रै बिषालु सर्प पाईने जानकारी दिनुभयो ।

रुरु सस्कृत उच्च माबि गुल्मीका  प्राचार्य मुरलीमोहन बास्तोलाले हिन्दुधर्ममा सर्पको निकै महत्व रहेको भन्दै सर्पलाई सत्रु भन्दा मित्र ठान्नु पर्नेमा जोड दिनुभयो ।

रामायण र पुराणमा पनि सर्पको महत्वका बारेमा ब्याख्या गरिएको भन्दै प्रतिकुल समयमा दुध पनि मानिसका लागी बिस बन्ने गरेको भन्दै प्राचार्य बास्तोलाले सर्पले मासिको अहित भन्दा बढी हित गरेको दाबी गर्नुभयो ।

युनाईटेड मिशन अस्पताल पाल्पाका डाक्टर धिरज खातीले बिष हुने र नहुने सर्प चिन्नुपर्नेमा जोड दिदै सर्पबाट बच्चे उपाए लाई ध्यान दिन आग्रह गर्नुभयो । साबधानी अपनाउदा पनि सर्पले टोकी हालेमा तुरुन्त अस्पताल जानुपर्नेमा उहाको जोड छ ।

 

सर्पले टोकेको उपचार पाल्पामा मिशन अस्पताल र रामपुर अस्पतालमा मात्रै हुने जानकारी दिदै डाक्टर धिरज खातीले सर्पको टोकाई पछि अस्पताल आएका सबैको ज्यान जोगिएको भन्दै घरमै उपचार गर्नेहरुको ज्यान गएको बताउनुभयो ।

अर्का डाक्टर झपेन्द्र ढकालले सर्प संरक्षणका लागी चलाईएको अभियानले सर्प बाट बचाउने उपाएलाई पनि शसतm पार्नुपर्नेमा जोड दिनुभयो । डाक्टर ढकालले प्राय गरी सर्पले रातीको समयमा टोक्ने भएकाले झुल लगाएर सुत्ने, बाटोमा हिड्दा आवाज निकालेर हिड्ने, घास काट्दा आवाज गित गाएर काट्ने, चप्पल भन्दा जुत्ता लगाउने, घर वरिपरि सफा राख्ने, रातीमा हिड्दा लाईट बालेर हिड्ने जस्ता कार्यले पनि सर्पबाट जोगिन सकिने जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालय पाल्पाका प्रमुख दधिलाल कडेलले सर्प देख्ना साथ मार्ने मनोबिज्ञानलाई परिबर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

निजि क्षेत्रबाट नेपालमै पहिलो पटक सर्प संरक्षणको अभियान शुरु भएको भन्दै वन अधिकृत कडेलले जोखिमतिर बढेको राजगोमन पाल्पामा पाईनु सकारात्मक भएको बताउनुभयो ।

जिवित चिज मारेर सर्पको चित्रलाई भगवान ठानेर पुजा गरिरहेको अवस्थामा साक्षर भगवानको रुपमा अर्गलीमा राजगोमन भेटिएकोमा सवै जनता मिलेर यसरको संरक्षण गर्नु आग्रह गर्नुभयो ।

राजगोमन र समग्र सर्पको महत्वको बारेमा जानकारी पाएपछि स्थानिय श्रीधर पाण्डे र शंकर भट्राईले आफुहरुले अन्जानमा राजगोमनको अण्डा फुटाउन दिएको भन्दै अर्गलीको जंगलमा रहेका राजगोमनको संरक्षण गर्न सरकार संग आग्रह गर्नुभयो ।

पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालले समग्र सर्पको महत्व, सर्प बाट बच्चे उपाए लगाएतका बारेमा जनचेतना बढाउनु पर्नेमा जोड दिनुभयो । अर्गलीमा गरिएको सचेतना कार्यक्रमलाई अन्य ठाउमा पनि संचालन गर्न अर्यालले आयोजकहरु संग आग्रह गर्नुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %