राष्ट्रिय सहमतिको सरकार वनाउन एमालेद्धारा पूर्व प्रधानमन्त्री नेपालको संयोजकत्वमा वार्ताटोली गठन

काठमाडौँ, ३ चैत
नेकपा (एमाले)को आज बसेको स्थायी समितिको बैठकले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको आकार दिन विभिन्न पार्टीसँग वार्ता गर्नका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ ।

एमालेका सचिव युवराज ज्ञवालीका अनुसार सो टोलीमा उपाध्यक्षद्वय अशोक राई र वामदेव गौतम तथा महासचिव ईश्वर पोखरेल र स्थायी समिति सदस्य केपी ओली रहनुभएको छ ।

एमालेले वर्तमान सरकारमा नेपाली काँग्रेस, मधेसवादी दल र संसद्मा रहेका अन्य दलहरुलाई सरकारमा सहभागी हुन यसअघि नै आह्वान गरिसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %