गोविन्द घर्ती मगर
साउन, १३ – समाजलाई जोड्ने काम मिडियाले गर्नुपर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले बताउनु भएको छ । उहाले समाजमा रहेका विकृति र विसंगतिलाई न्यूनिकरण गर्न मिडियाले अह्म भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
महासंघका अध्यक्ष केसीले सञ्चार माध्यमले विकासका मुद्दालाई वहसको रुपमा वाहिर ल्याउनु पर्नेमा जोड दिनु भयो । देवदह साप्ताहिकको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष केसीले मिडियालाई नया ढंगले अगाडि बढाउन नसके सञ्चार माध्यमहरु संकटमा पर्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदहको अस्तित्व बचाउन स्थानीय सञ्चार माध्यमहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले देवदहलाई शैक्षिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सञ्चार माध्यमले अह्म भूमिका खेल्नु पर्ने बताउदै देवदहलाई शैक्षिक पर्यटकीयको रुपमा विकास गर्न स्थानीय पाठय पुस्तकमा बौद्ध दर्शन समावेश गर्न नगरपालिका लागि परेको बताउनु भयो ।
उहाले देवदहलाई शैक्षिक पर्यटकीयको रुपमा विकास गर्न बौद्ध विश्व विद्यालय देवदहमा ल्याउन सञ्चार माध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । देवदहद साप्ताहिकका प्रकाश त्रिलोचन दहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समितिका लुम्विनी ईन्चार्ज भरत कसी, प्रगतिशिल पत्रकार संघका श्याम पोखरेल, प्रेस सोसाईटीका रमेश पोखरेल, फोनिजका मिलन गाहा, नेकपा एमालेका पदम थापा, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राप्रपाका ऋषिराम रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराईले बोल्नु भएको थियो ।
त्यसैगरी साना किसान कृषि सहकारीका सरला सुवेदी, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, देवदह दुग्ध उत्पादक सहकारीका प्रकाश अर्याल, ईप्सा रुपन्देहीका एकनारायण काप्mले, आदिवासी जनजाति महासंघका बमबहादुर गुरुङ्ग, स्मृति सामुदायिक वनका भरत गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सो अवसरमा वार्षिक विज्ञापनदाता, लेख रचना तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । पत्रिकारका अतिथि सम्पादक यम रानाको स्वागत र सम्पादक रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
