विपद् व्यवस्थापन बैठक सम्पन्न भएको छ

Read Time:2 Minute, 2 Second

गोविन्द घर्ती मगर

साउन, ९ –विपद् व्यवस्थापन देवदहको बैठक सम्पन्न भएको छ । बैठकले विगत केही दिनदेखि आएको पानीले पुर्याएको क्षतिको वारेमा रिर्पोटिङ्ग तथा समिक्षा गरिएको थियो । गत साउन ६ गते आएको भारी बर्षाले देवदह क्षेत्रमा ठूलो क्षति पुर्याएको बैठकले निष्कर्ष निकालेको छ ।

पानीले देवदहको खैरेनी क्षेत्रमा ढल निकास नहुदा ठूलो क्षति पुर्याएको हुदा अवका दिनमा त्यसलाई सुधार गर्दै लैजानु पर्ने निर्णय गरेको छ । पानीले चरङ्गे, भलुही, प्रगति बजार लगायतका केही स्थानमा घरमा वस्न नसक्ने अवस्था रहेकोले उनीहरुलाई तत्काल राहत प्रदान गर्ने निर्णय गरेको छ । विद् व्यवस्थापन समितिका सदस्य सचिव गंगाप्रसाद पन्थीको अध्यक्षतामा बसेको बैठकले पानीका कारण के कति क्षति पुर्याएको छ सो को तथ्याक संकलन गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।

नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विकको संयोजकत्वमा ७ सदस्यीय तथ्याङ्ग संकलन समिति गठन गरेको हो । जसको सदस्यहरुमा खेमनारायण अधिकारी, निमकला पुन, गोविन्द घर्ती, सिता न्यौपाने, प्रहरी चौकीका प्रतिनिधि र नगरपालिकाको प्रतिनिधि रहेका छन् । समितिले ३ दिन भित्र तथ्याङ्ग संकलन गरी विपद् व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ । विनोद खातीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %