माओवादीका कारण १४ जेठमा पनि संविधान बन्दैन : डा. रामशरण महत

Read Time:1 Minute, 9 Second

राजविराज , ३ चैत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले माओवादीका कारण देश सङ्कटमा परेको बताएकाछन । 

प्रेस युनियनले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री डा महतले माओवादी शान्तिप्रक्रियामा इमान्दार नरहेकाले देस सङ्कटमा परेको बताएका हुन् ।

सेना समायोजन विशेष समितिका सदस्य डा महतले माओवादीको सम्झौताविपरीत अडानले मुलुकलाई थप द्वन्द्वमा धकेन्नुका साथै शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा जटिलता थपिएको दाबी गरे  ।

मधेसवादी दलका नेताहरु भारत र माओवादी अध्यक्ष सिंगापुर जानुलाई वैदेशिक चलखेलको सङ्केत भन्दै उनले भने ‘माओवादीका कारण जेठ १४ गते संविधान बन्ने र सेना समायोजन हुने सम्भावना देखिँदैन ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %