नेपाली संघीय समाज इजरायलको दोश्रो अधिवेशन

Read Time:2 Minute, 54 Second
माया मगर

माननीय सांसद अशोक राईको प्रमुख अतिथ्यमा वरिष्ठ केन्द्रिय सदस्य तथा ताम्सालिङ प्रदेशका ईन्चार्ज एवं जापानका लागि पुर्व महामहिम राजदूत डा.गणेश योन्जन तामाङको विशिष्ट अतिथ्यमा नेपाली संङघीय समाज इजरायलको दोस्रो अधिवेशन हुँदै छ ।
 
नेपालको राजनीतिक ईतिहासमा राष्ट्रिय  तथा अन्तराष्ट्रिय रुपमा एक पृथक पहिचान बनाउन सफल नेपाली जनताको एक मात्र गौरवशालि पार्टी संङघीय समाजवादी फोरम, नेपालको प्रवास संगठन समिति “नेपाली संङघीय समाज, इजरायलको” ऐतिहासिक दोस्रो अधिवेशन पार्टीका केन्द्रिय वरिष्ठ नेता तथा पुर्व मन्त्री एवं वर्तमान व्यवस्थापिका सदस्य माननीय सांसद अशोक राईको प्रमुख अतिथ्यमा वरिष्ठ केन्द्रिय सदस्य तथा ताम्सालिङ प्रदेशका ईन्चार्ज एवं जापानका लागि पुर्व महामहिम राजदूत डा.गणेश योन्जन तामाङको विशिष्ट अतिथ्यमा नेपाली संङघीय समाज, इजरायलको “ऐतिहासिक दोस्रो अधिवेशन भव्यताका साथ सफल पारौं ! पहिचान सहितको अधिकार सम्पन्न १०+१ स्वायत्त प्रदेशहरु स्थापना गरौ !!” भन्ने मूल नाराका साथ आउँदो १२ अगस्ट २०१६ (शुक्रबार) दिनको ठिक ४:०० बजे देखि बेलुका ७:३० बजेसम्म लेवेन्सकी स्टेट घर नं.९९ न्यु विल्डिङको ८ औ तल्लामा रहेको हलमा नि:शुल्क प्रवेशका साथ हुन गईरहेको नेपाली संङघीय समाज, इजरायलका सचिब पासाङ शेर्पाले जानकारी दिएका छन | 
 
इजरायलवासी नेपाली महिला दिदीबहिनी तथा दाजुभाईहरु, विभिन्न सामजिक, धार्मिक तथा राजनीतिक संघ संस्था र संङगठनका अगुवाईहरु, नागरिक समाजका बुद्धिजीबीहरु, इजरायलबाट संचालित अनलाईन मिडियाका संचारकर्मी बन्धुहरु, पार्टीका क्रियाशील सदस्यहरु लगायत शुभचिन्तक, समर्थक र सहयोगी सम्पूर्ण नेपाली महानुभावहरुलाई ऐतिहासिक उदघाटन समारोहमा उपस्थितिको निमित नेपाली संङघीय समाज, इजरायल द्वारा हार्दिक विनम्र अनुरोध गरिएको छ |
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %