गोबिन्द घर्ती
साउन ४ । वृक्षारोपण गरेर मात्र नभई संरक्षणमा ध्धयान दिनु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत ईन्द्र बहादुर पछाईले बताए । पछाईले वृक्षारोपणको संरक्षण र सम्वर्धनमा आम उभोक्ताहरु नै लाग्नु पर्ने बताएका हुन ।
बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदहद्धारा शुरुवात गरेको वृक्षारोपणको शुभारम्भ गर्दै पछाईले उक्त कुरा बताएको हो ।
अधिकृत पछाईले सामुदायिक वनहरुले वृक्षारोपण गर्दा आयमुलक हुने खालका विरुवाहरु रोप्नु पर्नेमा जोड दिएका थिए । बुद्ध सामुदायिक वन उपभोक्ता समुहले आफनो मातहतमा रहेको करिव ७ हेक्टर जमिनमा वृक्षारोपण शुरुवात गरेको छ । समितिले ७ हेक्टरमा करिव १२ हजार विरुवा रोप्ने लक्ष्य रहेको समुहका अध्यक्ष टेक बहादुर रानाले बताए । ७ हेक्टर क्षेत्रफलमा साउन महिना भर १२ हजार विरुवा रोप्ने लक्ष्यका साथ समुह अगाडि बढेको अध्यक्ष रानाले बताए । वृक्षारोपणमा आम उपभोक्ताहरुलाई परिचालन गरिने समुहका उपाध्यक्ष थमन सिंह गुरुङ्गले जानाकारी दिए । सिसौ, चिउरी, अम्रिसो, बाँस लगायतका विरुवा रोप्ने र सो विरुवा जिल्ला वन कार्यालय, सेक्टर वन कार्यालयले उपलव्ध गराएको समितिले जनाएको छ ।
समुहका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शितलनगरका प्रमुख सतेन्द्र नारायण सिंह, शितलनगर ईलाका वन कार्यालयका वलराम पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए । वावुराम न्यौपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुद्ध सामुदायिक वनका उपभोक्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।
