गोविन्द घर्ती मगर
बुटवल,साउन २ – नेपाल मगर पत्रकार संघ रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । संघका कार्यवहाक अध्यक्ष मिना रानामगरको अध्यक्षता र संघका केन्द्रिय सचिव मिलन गाहाको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य लोकनेश ढेंगाको विशेष आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकले मगर पत्रकार संघको सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी संघको प्रथम जिल्ला अधिवेशन यही साउन २९ गते बुटवलमा सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्न संघका कोषाध्यक्ष उमेश थापामगरको संयोजकत्वमा आर्थिक उपसमिति, सचिव सुरज थापामगरको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । बैठकले रुपन्देहीको मिडिया हाउसमा कार्यरत सम्पूर्ण मगर पत्रकारहरुलाई सदस्यता विस्तार गर्ने निर्णय गरेको सचिव सुरज थापामगरले जानकारी दिनु भयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि रानाले मगरहरुको सही मागलाई मिडिया मार्फत प्रचार प्रसार गर्नसम्पूर्ण मगर पत्रकारहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले मगर संघले ल्याउने हरेक क्रियाकलापलाई मगर पत्रकारहरुले प्राथमिकता दिएर सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न पहल गर्नु पर्ने बताउनु भयो । संघका सचिव सुरज थापामगरको संचालनमा भएको बैठकमा संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको सहभागिता रहेको थियो ।
