सहारा हस्पिटलमा भाँचिएको ढाडको सफल शल्यक्रिया

Read Time:2 Minute, 46 Second

रूद्र श्रीसमगर

 पोखरा, असार २७- निकै जटिल मानिने भाँचिएको ढाडको अब पोखरामै शल्यक्रिया गर्न सकिने भएको छ ।

 

पोखराका सरकारी एवं निजी अस्पतालहरूमा विरलै गरिने यस्तो जटिल शल्यक्रिया पोखरा–२, बागलुङ बसपार्कस्थित सहारा हस्पिटल प्रालिमा सफल भएको छ । सिंगाना–७, कायमारे, बागलुङकी फूलमाया जिसीको घाँस काट्ने क्रममा दूधिलोको रुखबाट लडेर ढाड भाँचिएको थियो । रुखबाट लडेर ढाड भाँचिएपछि उनको दाहिने खुट्टा नचल्ने भएको थियो भने दिसा, पिसाब गरेको थाहा समेत नपाउने भएकी थिइन् ।

गण्डकी मेडिकल कलेजका सह–प्राध्यापक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. ईश्वर शर्मा कँडेलको नेतृत्वमा डा. निरज रञ्जित र एनेस्थेसियोलोजिष्ट डा. सुशील तिमिल्सिनाको समूहले भाँचिएको ढाडको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि फूलमायाले खुट्टा चलाउन सक्ने भएकी छिन् भने आफैं शौचालय पनि जान सक्ने भएकी छिन् । ढाड भाँचिएपछि निराश बनेकी फूलमायाले शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरिन् । ‘मेरो अप्रेशन हुन्छ भनेरै हस्पिटल भर्ना भएकी थिएँ’, उनले भनिन्, ‘अप्रेशन पनि सफल भयो, अब बाँच्ने थप हौसला बढेको छ ।’ फूलमायाकी कुरुवा लक्ष्मी जिसीले पहिलेभन्दा हिँड्न सहज भएको र अरुले शौचालय पु¥याउनुपर्नेमा अहिले आफैं जान सक्ने भएको बताइन् ।

पोखरामा यस्ता जटिल किसिमका शल्यक्रिया बिरलै हुने गरेको शल्यक्रियामा संलग्न डा. कँडेलले बताउनुभयो । ‘पोखरामा यस्ता शल्यक्रियाको सम्भवै नभएको त होइन, तर, यस्ता शल्यक्रिया विरलै गरिन्छन्’, डा. कँडेलले भन्नुभयो, ‘प्रायः यस्ता किसिमका जटिल शल्यक्रियाको पोखरामा जोखिम नलिने चलन छ, तर, हामीले लियौं र सफल पनि भयौं ।’ पोखराका अन्य नाम चलेका अस्पतालहरूमा जस्तै सहारा अस्पतालमा पनि जटिल किसिमका र विभिन्न खालका रोगको उपचार सम्भव भएको प्रमाण यो शल्यक्रिया भएको अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्र थापाको भनाइ छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %