राज्यसत्ता,
रुपन्देही असार २६ – नेपाल मगर संघ बुटवल उपमहानगर समीतीको आयोजनामा प्रबेशीका परीक्षामा उतीर्ण बिधार्थीलाई बुटवलमा सम्मान गरेको छ ।
सम्मान कार्यक्रमा प्रमुख अतीथीको भुमीका निर्बाह गर्दे मगर संघका पुुर्ब जिल्ला अध्यक्ष तथा बिटीआई का उपनिर्देशक दिलीप थापाले आफ्नो मन्तब्य राख्ने क्रममा शिक्षा नै बिकाशको पहीलो मुहान भएको हुदा शिक्षालाई प्राथमीकता दिन सबैमा आग्रह गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुमा फोनीज अध्यक्ष मिलन गाहा, सल्लाहकार भोज बहादुर बुडाथोकी,ईन्जीनीयर गम प्रशाद रेश्मी,धनी आले,केश बहादुर श्रीस,सोनु थापा,निर्मल राना, श्यमकला सतुङगे र हाल प्रबेशीका परीक्षामा उतीर्ण ५७ बर्षीय झनु रानाले बोल्दै आफुलाई सम्मान गरेका खुसी ब्यक्त गर्नुभयो।
कार्यक्रम बसन्ती साठीघरेको स्वागत तथा थर्क बाह्रघरेको सञ्चालन तथा गोपाल चौहान मगरको अध्यक्षतामा सम्पन्न भएको हो। यस्तो सम्मान कार्यक्रम पढाइमा रुची बढाउने उद्धेश्यले मगर संघले हरेक बर्ष गर्दे आईरहेका छ।
