बाल नृत्य प्रतियोगितामा सुशन पुनमगर प्रथम
रूद्र श्रीसमगर
पोखरा, २५ असार – नेपाल मगर संघ माटेपानी एकाइ समितिको २२ औं स्थापना दिवसका अवसरमा नेपाल मगर युवा संघ माटेपानी एकाइ समितिको आयोजनामा भएको बाल नृत्य प्रतियोगितामा सुशन पुनमगर प्रथम भएका छन् ।

शनिबार आयोजित प्रतियोगितामा नम्सु थापामगर द्वितीय, सलिना आलेमगर तृतीय तथा सञ्जिता श्रीसमगर, प्रकृत थापामगर र कञ्चन रानामगर सान्त्वना भए । प्रतियोगिताका निर्णायक मण्डल प्रमुख सविन गुरुङले नतिजा सुनाउनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ माटेपानी एकाइ समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार दलबहादुर श्रीसमगर, जिल्ला सदस्य एवं जनसम्पर्क तथा प्रचारप्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगर, जिल्ला सदस्य देउकुमारी थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सल्लाहकार तिलकप्रसाद पुन, सह–प्राध्यापक मोतीश्वर थापामगर, इञ्जिनियर बमबहादुर श्रीसमगर, नेपाल मगर युवा संघ माटेपानी एकाइ समितिका अध्यक्ष राजु थापामगर, सदस्य पुष्कर थापामगरलगायतले बोल्नुभएको थियो ।
नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीतबहादुर अस्लामीमगरले गर्नुभएको थियो ।
