केहर सिं थापा मगर
काठमाण्डौं,असार २४—संघीय गठवन्धनको आन्दोलन सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार घेराउ हुदै खुलामञ्च, रत्नपार्कमा रिले अनसन आज ३२ औं दिन पुगेको छ ।

गठवन्धन भित्र रहेका विभिन्न दलका नेताहरुले अनसन स्थलमा वर्तमान सरकारको आलोचना गर्दै विरोध भाषण गरीरहेका छन् । संघीय गठवन्धनको आन्दोलनमा २९ राजनैतिक दलको सहभागिता रहेको छ ।

विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म नेताहरु निराहर अनसन वस्दै आइरहेका छन् । यो अनसन असार ३२ गते सम्म चल्ने राष्ट्रिय जनमुक्तिपार्टीका सह—अध्यक्ष मानध्वज ब्लोन तामाङले राज्यसत्ता डट कम लाई जानकारी दिए ।

आजको ३२ औं दिनको रिले अनसन कार्यक्रमको सञ्चालन जुनु पुन मगरले गरेका थिए ,भने तामाङले आजको कार्यक्रम समापन गरेका थिए ।
