देब पचभैया
पाल्पा, असार २३-जिपको ठक्कर बाट पाल्पामा एक बालकको ज्यान गएको छ । तानसेन देखि पुर्बी पाल्पाको बिरकोट जादै गरेको लु १ ज १७८८ नम्बरको जिपको ठक्कर बाट फोक्सिङकोट ८ का ७ बर्षिय बालक अमन सिंजालीको ज्यान गएको हो । सडकमा खेलिरहेका सिंजालीलाई ताहु ६ देउरालीमा जिपले ठक्कर दिएको थियो ।
जिपको ठक्कर बाट गंभिर घाईते उनको उपचारको लागी तानसेन ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चालक २८ बर्षिय मन बहादुर बयमम्बु लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।
घटना पछि दोशीको कारबाही र पिडितलाई क्षतिपुर्तिको माग गर्दे शब नबुझेका आफन्तले बिहिबार बेलुकी शब बुझेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पामा भएको छलफल पछि मृतका आफन्तलाई जिप समितिबाट कृया खर्च बापत २५ हजार तत्काल प्रदान गर्ने र बिमाबापतको ५ लाख प्रदान गर्न छिटो पहल गर्ने निर्णय भएको श्रीनगर जिप ब्यवशायी समिति पाल्पाका ब्यवस्थापक भबिन्द्र गौतमले जानकारी दिनुभयो ।
