आनन्दीदेवी सिंहको निधन

Read Time:1 Minute, 20 Second

राजबिराज, फाल्गुन ३०

– नेपाल सदभावना पार्टीकी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहको सोमवार अपरान्ह १२ बजेर ४५ मिनेटमा निधन भएको छ । सप्तरी सदरमुकाम   विराज स्थित सप्तरी सेवा आश्रमको आफ्र्नै निवासमा सिंहको ८५ बर्षको उमेरमा निधन भएको हो ।

बिहानको खाजा खाएर आराम गरिरहेकी सिंहलाई केहि असहज भएको थियो । डाक्टरलाई समेत बोलाउन नपाउँदै उनको मृत्यु भएको पार्टीका कार्यबाहक अध्यक्ष खुसीलाल मण्डलले बताए । नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन पछि उनका श्रीमती आनन्दी देवी सिंह पार्टीको अध्यक्ष भएकी थिइन् ।

निःसन्तान उनी आफना भतिजासंगै सप्तरी सेवा आश्रममा रहँदै आएक थिइन् । दुई बर्ष अघि बिरामी रहँदै आएकी सिंह कीिह दिन देखि स्वास्थ्यमा निकै सुधार आईसकेको थियो । तर, अचानक सिंहको मृत्यु भएको कार्यबाहक अध्यक्ष खुसीलाल मण्डलले बताए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %