विनोद रखाली मगर
गल्याङ्, असार २२ – गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालय गल्याङ्मा दुई दिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै नेपाल आर्दश उच्च मा.वि. वालिङ्का प्रार्चाय होमकान्त गौतमले विज्ञान र प्रविधिको समय सगैं विद्यार्थीहरुको इच्छा शक्ति प्रविधि शैलि तर्फ वढि उन्मुख देखिएकाले प्रविधिको प्रयोग गर्दै वाल मैत्रिविधिको शिक्षण शैलि अहिलेको आवश्यक्ता रहेको वताए ।
कार्यक्रममा प्याव्सन स्याङ्जाका सचिव तथा इभरग्रिन इङ्लिस स्कूलका प्रिन्सीपल, तालिमका प्रशिक्षक नारायण आचार्य, ग्रिन चौर पव्लिक स्कूलका प्रिन्सीपल दर्वेन्द्रदेव खनाल , गल्याङ् भू.पू. सैनिक मा.विका प्रिन्सीपल गोपाल गाहा मगर , विद्यालय सन्चालक समितिका उपाध्यक्ष नर वहादुर गुरुङ्, कोषाध्यक्ष सु.यौ वहादुर राना मगर , गल्याङ् भू.पू. सैनिक मा.विका प्राइमरी हेड डोमा लामा , प्रशिक्षार्थी तथा विद्यालयका शिक्षक भिम राना मगर लगाएतले विद्यार्थी, शिक्षक , अभिभावक विचको सम्वन्ध र शैक्षिक स्थीति सङगै तालिमका वारेमा वोलेका थिए । असार २१ गते सुरु भएको शिक्षण प्रविधि तालिम असार २२ गते दुई दिन सम्म सन्चालन भएको थियो ।

तालिममा प्याव्सन स्याङजाका सचिव नारायण आर्चायले सहजिकरण गरेका थिए । तालिममा पछिल्लो समयमा विद्यार्थीको अवस्था, सिकाई र शिक्षण प्रविधिको वारे तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ ।
समापन कार्यक्रम विद्यालय सन्चालक समितिका अध्यक्ष सुवेदार चन्द्र वहादुर रखाली मगरको अध्यक्षता र अतिरिक्त विभाग प्रमुख विनोद रखाली मगरको सन्चालनमा सम्पन्न भएको थियो ।
