सुर्खेत, असार १९ ।
नेपालका मंगोल नश्लका युवतीहरुले रातो चुरा, सिन्दुर जस्ता भारतबाट आयातित सन्स्क्रिती त्याग्ने भएका छन ।
अहिले पहिचान,जातिय सन्स्कार सन्स्कृतिको प्रतिको चेतना , अधिकारको मुद्द्दा चुलिदै जादा ,भारत बिरुद्दको नारा घन्किदै जादा अब मङोल युवतिहरुले हिन्दू भारतीय पहिचानको प्रतिक सिन्दुर पोते चुरा छोड्ने भएका छन ।
मंंगोल नेशनल अर्गनाइजेसनको आयोजनामा शनीबार वीरेन्द्रनगर सुर्खेतमा भएको मंगोल जातीका हक अधिकार तथा सेवा सुविधा विषयक एक दिने अन्तरक्रियामा आफनो अधिकार संविधानमा सुनिस्चित गर्नका लागी पनि हिन्दु धर्मअनुसारका परम्परा त्याग्नुपर्ने सरोकारवालाले निर्णय गरेका हुन् ।
नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका मंगोलियन बर्गका महिलाहरुले आफ्नो विभिन्न क्रान्तीलाई सफल पार्न र समाज परिवर्तनका लागी युवतीहरुले भारतीय पहिचान जनाउने हिन्दू धर्मको रातो चुरा तथा सिदुर लगाउन छोड्नुपर्ने आफ्नै परम्परा र सन्स्कार सन्स्क्रिती बचाउने , हिन्दु धर्मअनुसार मनाउदै आएको परम्परागत दशै, तिहार पर्वहरुलाई छोडनु पर्ने निर्णय भएको अर्गनाईजेसन सुर्खेत जिल्लाका अध्यक्ष नर बहादुर दर्लामीले बताए ।
यस्तै, प्रशिक्षणमा रत्नबहादुर दर्लामीले नेपाल मुलबासी देश भएकाले हिजोका दिनमा नबुझेर जे गल्ती भएपनि आज मंगोल नेशनल अर्गनाइजेशनको संस्थापक डा गोपाल गरुङ्गले मंगोल राष्ट वादको सिद्धान्तले मंगोल बर्गका नागरीकको आँखा खालेको बताए ।
अब आगामी दिनमा विगतको जस्तै सामान्य गल्ती पनि दोहोर्याउन नहुने भन्दै निडरताका साथ आफनो अधिकारलाई खोज्दै निर्णयक कदम चाल्नुपर्ने बताए ।
Source:-ज्वोआला अनलाइन