राज्यसत्ता,
काठमाण्डौं,असार १७ — गोर्खा सत्याग्रह संयुक्त समिति नेपालले काठमाण्डौं स्थित लैनचौरको बेलायती दुतावासमा गएर ज्ञापनपत्र बुझायो ।

ज्ञापनपत्र बुझाउन समितिका नेपाल संयोजक एल.बी.घिसिङ,प्रवक्ता क्या. हिमाल राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण कुमार राई लगायतका व्याक्तिहरु दुतावास पुगेका थिए ।
ज्ञापनपत्र बुझ्दै नेपाल स्थित बेलायती राजदुतावासकी सहायक कन्सुलर जनरलले गोरखाहरुले उठाएको माग जायज भएको बताएकी थिइन् । उक्त ज्ञापनपत्र आफूले बेलायत सरकारलाई बुझाउने,बेलायत सरकार र नेपाल सरकार बीच छलफल भएपछि त्यसको परिणाम आएपछि जानकारी दिने बताएका थिए ।

गत अप्रिल २४ मा हामीले गरेका मागहरु सम्वोधन हुनुपर्दछ यदि नभए जुलाई १ गतेका दिन ज्ञापनपत्र बुझाउने र जुलाई ७ सम्म आमरण अनसन स्थगित गर्ने र कुनै माग सुनुवायी नभए नोभेम्वर ७ गते देखि अनसन कार्यक्रम प्रारम्भ गर्ने प्रेस विज्ञप्तिमा भनिएको छ ।
ज्ञापनपत्रको नमुना




