मगर पूर्व सैनिक तथा प्रहरी संघले सैनिक मन्त्रालयको माग गर्ने

Read Time:1 Minute, 48 Second

राज्यसत्ता,

बुटवल,असार ११ मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले सैनिक मन्त्रालयको माग सरकार समक्ष गर्ने भएको छ ।

साथै बिट्रिस गोरखा र उनका परिवार लाई गैरआवसीय परीचय पत्र नभई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने समेत माग गर्ने भएको छ । नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघको चौथो बैठक नेपाल मगर संघ रुपन्देहीको कार्यालयमा अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा बसेको थियो ।

केन्द्रीय समिति  जिल्ला समितिहरुको संयुक्त बैठकले संगठन लाई गाँउ तथा नगर तह सम्म विस्तार गर्न संम्वन्धित क्षेत्रका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु क्रियाशील भई काम गर्ने भएका छन् ।

नेपाल मगर संघको एघारौं महाधिवेशनबाट भाषिक उपाध्यक्ष पदमामा निर्वाचित हुनु भएका संघका महासचिव दलबहादुर विर्कटा मगर र केन्द्रीय सदस्यमा नारायणी अञ्चलबाट निर्वाचित सु.मे. चन्द्रबहादुर राना मगर लाई संघका अध्यक्षले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै कास्की जिल्ला बाट सिफारिस भई आएका सु.चन्द्रबहादुर थापा मगर र रामबहादुर पुन मगरलाई केन्द्रीय सदस्यमा सर्वसम्मतले चयन गरी  उहाँलाइ समेत बधाई ज्ञापन गरीइएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %