फोनिज काठमाण्डौं द्धारा पत्रकार सम्मानित

Read Time:1 Minute, 42 Second

केहर सिं थापा मगर,

 काठमाण्डौं,असार १३- नेपाल आदिवासी जनजाति पत्राकार महासंघ काठमाण्डौं जिल्ला शाखा द्धारा वरिष्ट पत्राकार तथा रा.स.स.का. महाप्रवन्धक निर्मला तुलाधर,गैरजनजाति पुष्कर माथेमा लगायत ११ जना पत्राकारहरुलाई हिजो राजधानीमा प्रमाणपत्र प्रदान,दोसल्ला र खादा ओडाई सम्मान गरेको छ ।

कार्यक्रम माननीय सूचना तथा सञ्चार मन्त्री शेरधन राईको प्रमुख अतिथिमा कार्यक्रम सञ्चालन मानध्वज लामा बाट भएको थियो ।

कार्यक्रममा मा. मन्त्री राई अनुसार राष्ट्र एकदमै संवेदनशील अवस्थामा छ ,सरकार राष्ट्रमा रचानात्मक र महत्वपूर्ण काम गर्नु छ साथै संविधानको मर्म अनुसार थुप्रै नीति तथा कानून बनाउनु पर्नेछ यो हाम्रो ऐतिहासिक दायित्व र जिम्मेवार हो भनी व्यक्त गरेका थिए ।

 

मा. राईका अनुसार सरकारले Online media लाई नियमन र नियन्त्रण गर्न कानून नवने सम्म निर्देशिका जारी गरेको, यसले नियन्त्रण गरी र पछि press council संग सरकार सल्लाह गरी संविधान संग बाझिने व्यवस्थालाई केही दिनमै संसोधन र सच्याउने काम गर्दछौ भनी व्यक्त गरेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %