कृष्ण सारू मगर
दोहा कतार- २६ जुन, स्थाई घर ठुलो लुम्पेक ४, गुल्मीका दिल बहादुर पुलामी मगरको गत २२ जुन २०१६ बुधबारका दिन बिहान ४:३० बजेको समयमा सुतेकै अवस्थामा अल्पायूमै दु:खद निधन भएको छ।हमाद अस्पालको पोष्टमार्टम रिपोर्ट अनुसार मगरलाई हृदयाघात भई मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
गुल्मीका पुलामी स्व. बुबा बम बहादुर तथा आमा तिल कुमारी पुलामी मगरको कोखबाट तीन दिदी-बहिनी मध्ये एक भाई छोरा स्व.दिल बहादुर पुलामी मगरको जन्म भएको हो ।
वर्ष ३२का स्व मगरका एक वालक शिशु सहित तीन छोरी र एक धर्मपत्नी घरमा छन् । रोजगारीको शिलशिलामा कतार स्थित रिलायन्स कम्पनीमा पहिलो छुट्टी काटेर पुन: सोही कंपनीमा कार्यरत उनि नेपाल मगर संघ शाखा कतारका साधारण सदस्य समेत रहेका थिए ।
हाल उनको शबलाई सरकारी अस्पतालमा सुरक्षित राखिएको छ
श्रोतका अनुसार शब नेपाल पठाउन कंपनीबाट पाउने हिसाब किताब तथा आवश्यक कागजपत्र तयारी भै रहेकोले ती सबै प्रकृया तयार हुना साथ तुरून्त शब पठाइने नेपाली दुतावासले जनाएको कुरा नेपाल मगर संघ शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन ।