गोबिन्द घर्ती
अषाढ १० । एशियन लाईट ईङलिस बोडिङ्ग स्कुल देवदह–१, ढेकावरमा एशियन लाईट वाल संसदको निर्वाचन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई निर्वाचन सम्वन्धी जानकारी दिने उद्देश्यले वाल संसदको निर्वाचन गरिएको विद्यालयले जनाएको छ । निर्वाचित वाल संसदहरुले विद्यालय सरसफाई, अनुशासन, वातावरण संरक्षण, शिक्षक र विद्यालय वीच समन्वयको भूमिका निर्वाह गर्ने विद्यालयले जनाएको छ ।
निर्वाचन प्रक्रियामा ४८ जनाले प्रतिस्पर्धा गरेको र २४ जनाले विजयी हासिल गरेको छ । निर्वाचनको सवैभन्दा साना नानी मनिषा यादवले भोटिङ्ग गरी निर्वाचन प्रक्रिया शुभारम्भ गरिकी थिइन । निर्वाचन प्रक्रियाबाट कक्षा १० बाट स्वेता चचापागाई, सुजन भूषाल, कक्षा ९ बाट रजनी गुरुङ्ग, झमन गाहा, कक्षा ८ बाट ममता जिला, प्रविनसिंह ठकुरी, कक्षा ७ बाट सुस्मिता सारु, अप्तार हुसेन, कक्षा ६ बाट अर्पणा गहतराज, अशिक यादव, कक्षा ५ बाट प्रंससा केसी, पशुपतिनाथ कलवार निर्वाचत भएका छन् ।
त्यसैगरी कक्षा ४ बाट जस्मिन राना, सन्देश रखाल, कक्षा ३ ए बाट सन्तोष भण्डारी, आकाश परियार, कक्षा ३ वि बाट सृष्टि पौडेल, समिरआलम फकिर, कक्षा २ ए बाट रितु थापा, अर्विन तामाङ्ग, कक्षा २ वि बाट नम्रता केसी, समिर अधिकारी, कक्षा १ बाट स्मारिका कुवर, एप्रोन थापा निवाचित भएको निर्वाचन मण्डलका संयोजक सुनिल चापागाईले बताए । कुल ५ सय १७ मतदाता मध्ये ४ सय ९२ मत खसेको र ४१ मत बदर भएको विद्यालयले जनाएको छ ।
