राज्यसत्ता,
काठमाण्डौं , असार ९ – जुनु पुनको संस्था एकिकृत सिर्जनसिल समाज नेपाललाई इजरायलमा बस्ने नेपालीहरुले रु १६,६००/— सहयोग गरेका छन् ।

नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर थापा मगरले उक्त रकम मनमैजु गएर जूनु पुन मगर लाई हस्तारण गरेका हुन् । एकिकृत सिर्जनसिल समाज नेपाल २०६४ सालमा स्थापना भएको हो । माओवादी द्धन्द्ध कालमा र विनासकारी भूकम्पमा आमा बाबा गुमाएका बालबच्चाको लागि खोलिएको यस संस्थामा ५ वर्ष देखि १७ वर्ष सम्मका वालवच्चाहरु रहेका छन् ।

यस संस्थामा हालसम्म २८ जना वालवालिका रहेका छन् । यिनीहरु सवैलाई देश विदेशमा रहेका शुभचिन्तक तथा सहयोग दाताहरु बाट सहयोग हुदै आएको छ । हाल यस संस्था लाई ६ लाख भन्दा बढी ऋण लागेको, महिनामा बच्चाहरु लाई मात्र दुई लाख दस हजार खर्च लाग्ने जूनु पुन मगरले बताइन् ।
रकम सहयोग गर्नेहरुको नामावली :
१,चन्द्रा पुलामी मगर काठमान्डौ ,नेपाल १५०/- इजरायल सेकेल
२,शान्ता राना मगर धरान, नेपाल १००/- इजरायल सेकेल
३,भिम कुमारी गुबर्छान मगर काठमाण्डौ, नेपाल १००/- इजरायल सेकेल
४,रन्जना श्रेष्ठ नवलपरासी ,नेपाल १००/- इजरायल सेकेल र
५,माया घले मगर उदयपुर ,नेपाल १५०/- इजरायल सेकेल सहयोग रहेको छ ।


