-माया मगर

इजरायलमा रहेका नयाँ तथा लुकेका प्रतिभालाई हौसला तथा उत्साह प्रदान गर्दै इजरायलका नेपालीहरु माझ स्थापना गरिएको एक मात्र नेपाली डिस्को एभरेष्ट क्लवका ग्राहकहरुलाई छुट्टै किसिमको मनोरञ्जन दिलाउने उद्देश्यले आयोजना गरिएको एभरेष्ट कारोओके आइडिएल नाम दिइएको उक्त प्रतियोगितामा पहिलो नेपाली शेर्पा पप गायक छोङ्वा शेर्पा, संगितकार युग योमन, दि राइजिङ व्यान्डका गितारिष्ट तथा व्यान्डकार प्रनेश पाख्रिन जुरी रहेका थिए ।
जुरीले पहिलो राउन्डमा प्रत्येक प्रतियोगिलाई १/१ वटा कारोओकेमा गीत प्रस्तुत गर्न समय दिएका थिए रातको करिव साढे ९ बजे सम्ममा पहिलो राउन्डवाट उत्कृष्ट ५ प्रतियोगिलाई चयन गरिएको थियो भने त्यस रातको करिव साढे २ बजे भएको अन्तिम राउन्डबाट जुरीले उत्कृष्ट ४ गायकको चयन गरेका थिए ।
वृहत प्रचार प्रसार नगरी आयोजना गरिएको भएपनि करिव ४०० जना भन्दा वढिको उत्साहपूर्ण उपस्थिती रहेको उक्त प्रतियोगितामा उत्कृष्टता हासिल गर्नेहरुलाई ट्रफी, मेंडल तथा मोबाइल टेलिफोन लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको कार्यक्रम आयोजक एभरेष्ट क्लवका विपिन तामाङले जानकारी दिए । विजेताहरुलाई प्रायोजक Mobile Homeका Abedले ट्रफी, मेडल तथा उपहारहरु प्रदान गरेका थिए ।
पहिलो पटक आयोजना गरिएको उक्त कोराओके प्रतियोगितामा भाग लिएका सम्पूर्ण प्रतियोगीहरु तथा उत्साहजनक उपस्थिती जनाउने सम्पूर्ण अतिथिहरू तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई कार्यक्रम आयोजक एभरेष्ट कल्वले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।