हवाई इन्धन नौ र पेट्रोलमा पदार्थमा १० रुपैयाँ मूल्यवृद्धि

Read Time:1 Minute, 20 Second

काठमाडौँ, २९ फागुन

नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले त्यसलाई समायोजन गर्न आज मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु नौ र हवाई इन्धनमा प्रतिलिटर रु १० मूल्य बढाएको छ ।

निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले शनिबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जानकारी दिए  । मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर रु ९७ र हवाई इन्धन रु ९० पुगेको छ । निगमका प्रवक्ता ढुङ्गेलले मूल्य समायोजनापछि निगमको रु १९ करोड ३० लाखले घाटा कमी हुने बताए  ।

अहिले निगमको वार्षिक घाटा रु एक अर्ब ३३ करोड ९२ लाख रहेको उनले बताए  । अहिले पेट्रोल भारतमा भन्दा नेपालमा प्रतिलिटर एक रूपैयाँ ७३ पैसा र हवाई इन्धन १० रूपैयाँ ३४ पैसा सस्तो रहेको छ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %