नेकपा (माओवादी केन्द्र) कास्कीको एकता जिल्ला भेला सम्पन्न

Read Time:1 Minute, 29 Second

रूद्र श्रीसमगर

पोखरा,  जेठ ३ -नेकपा (माओवादी केन्द्र) कास्कीको जिल्ला एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट राजकाजी गुरुङ ‘करण’को संयोजकत्वमा ६५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन भएको छ । भेलाले ९९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।

यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले एकताले कार्यकर्ता र जनतामा उत्साह ल्याएको बताउनुभयो । पार्टीलाई एकढिक्का र एकताबद्ध बनाएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिँदै संयोजक आचार्यले पार्टी एकताले नेपालमा मात्र नभइ विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ सन्देश दिएको दाबी गर्नुभयो ।

भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्यहरू हरिबहादुर चुमान ‘अजित’, भक्त रसाइली, देवेन्द्र पौडेल ‘प्रताप’, राजकाजी गुरुङ ‘करण’, अर्जुन छन्त्याललगायतले सम्बोधन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %