विषादीयुक्त सुपानेट झुल वितरण कार्य शुरु

Read Time:3 Minute, 3 Second

गोविन्द घर्ती

देवदह अषाढ २ । रुपन्देहीको देवदहमा विषादीयुक्त सुपानेट झुल वितरण कार्य शुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र आरडीएफ जनकपुरको सक्रियतामा उक्त सुपानेट झुल वितरण गरेको हो । देवदह नगरपालिकाको वडा नं ६ देखि वडा नं ११ सम्म करिव ८ हजार घरपरिवारका २० हजारलाई सुपानेट झुल वितरण गरिने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीको देवदह क्षेत्र औलो रोगको जोखिम रहेकोले विषादी युक्त सुपानेट झुल वितरण गरिएको देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीले बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले ३ जना बृद्धलाई झुल दिई वितरण कार्यको शुभारम्भ गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले विषादी युक्त झुलले औलो रोग नियन्त्रण गर्न मद्दत पुग्नेमा जोड दिएका थिए । ढकालले झुललाई सही सदुपयोग गर्नुपर्ने बताउदै औलो रोग न्यूनिकरणको लागि सवैले आ–आफनो ठाउबाट पहल गर्नु पर्ने बताए ।
सोही अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका टंक प्रसाद चापागाईले अहिले तत्कालिन देवदह गाविस भित्र वितरण गरिने र केरवानी क्षेत्रलाई पनि जिल्ला जनस्वास्थ्य कार्यालयले पहल गर्ने बताए । चापागाईले देवदह औलो रोगको बढि जोखिम क्षेत्र भएकाले विषादी युक्त सुपानेट झुल वितरण गरिएको बताए । जनस्वास्थ्य कार्यालयले विषादी युक्त सुपानेट झुल वितरण गरेपनि विभिन्न समयमा वितरण गरिएको झुल सदुपयोग नगरी राखिएको पाएकाले यसको लागि गाउ गाउमा जनचेतना जगाउनु पर्ने देखिन्छ ।
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरको अध्यक्षता र देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । झुल वितरण कार्य एकहप्ता भित्र सम्पन्न गरिने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %