काठमाडौँ, २९ फागुन
सभामुख सुवास नेम्वाङले संविधान लेखनमा देखिएका विवादित विषयमा दलहरुबीच सहमति कायम भइरहेको र अधिकाँश विवादित विषयलाई सहमतिमै टुङ्ग्याउने कार्य भइरहेकोले समयमै संविधान निर्माण हुने बताएकाछन ।
नेपाल–भारत दलित मैत्री सङ्घको प्रथम राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय दलित सम्मेलनको आज यहाँ उद्घाटन गर्दैै उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँदै नयाँ संविधान लेखनको दिशामा मुलुकका राजनीतिक दलहरु सक्रियाताकासाथ लागेको पनि बताए ।
सभामुख नेम्वाङ्ले शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पु¥याउन मुलुकका आम दलित समुदायको पनि उल्लेखनीय योगदान रहेको र नयाँ बन्ने संविधानलाई पनि दलितमैत्री बनाउन स्वयं दलित समुदाय सक्रिय हुनुपर्नेमा जोड दिए ।
उनले समुन्नत नयाँ नेपालको आधारकारुपमा संविधान लेखन हुनुपर्ने र संविधान कुनैपनि जाति, धर्म, भाषा, सँस्कृतिलगायतका मुद्दामा विवादरहित हुनुपर्ने उल्लेख गर्दै विभेदपूर्ण र सबैको साझा संविधान निर्माणका लागि आम समुदाय सशक्तरुपमा अगाडि बढ्नुपर्छ भने ।