रामेछापमा मगर पत्रकारको सम्मेलन सम्पन्न

Read Time:2 Minute, 19 Second

-गणेश बहादुर थापा

मन्थली ३० जेठ । नेपाल मगर पत्रकार संघ रामेछापको प्रथम जिल्ला सम्मेलन सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । २९ गते शनिवार सम्पन्न प्रथम जिल्ला सम्मेलनले रामेछाप रेडियोका नविन थापा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा इन्द्रमाला मगर(सरिता), सचिव शिवमाया आले मगर (रिता), सहसचिव डिल बहादुर थापा मगर, कोषाध्यक्ष मेलिना यसमाली मगर, सदस्यहरुमा बाबुलाल काफ्ले मगर, रिता मगर, सिर्जना आले मगर, युरिना थापा मगर रहेका छन् । नेपाल मगर पत्रकार संघ केन्द्रिय सदस्य गणेश बहादुर थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति अध्यक्ष खडग बहादुर आले मगरको विशेष अतिथि रहेको थियो ।
अन्य अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रामेछाप कोषाध्यक्ष शेर बहादुर थापा मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय सदस्य किरण कुमारी थापा मगर, नेपाल मगर संघ जिल्ला समिति कोषाध्यक्ष विकास पुलामी मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति अध्यक्ष जयदिप मगर लगायत रहेका थिए । प्रमुख अतिथि गणेश बहादुर थापाले दियोमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
इन्द्रमाला मगर(सरिता)को स्वागत मन्तब्य र प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले सम्मेलनको सफलताको शुभकामना सहित मन्तब्य दिएका थिए । कार्यक्रम नविन थापा मगरको अध्यक्षता र शिवमाया आले मगर(रिता)ले संचालनमा सम्पन्न भएको थियो । जिल्लामा १३ मगर पत्रकार रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %