माया मगर
काठमाडौं,जेठ २७ – नेपाल तामाङ घेदुङ,इजरायल द्वारा नेपाल तामाङ घेदुङ (केन्द्र) को कार्यालयलाई आवश्यक भौतिक सामग्री खरिद गर्नको लागि केन्द्रिय घेदुङको कार्यालय पुतलीसडक काठमाडौंमा ८ जुन २०१६ (बुधबार) का दिन घेदुङको अध्यक्ष मोहन गोले तामाङलाई इजरायल घेदुङको तर्फबाट संस्थाको निबर्तमान संरक्षक जीवन लामा तामाङ मार्फत नेपाली रुपियाँ ५०,००० (अक्षेरुपी रू पचास हजार) नगद सहयोग हस्तान्तरण गरेको छ ।
देशको लोड सेडिंग (विधुत)बाट कार्यालयको काममा बाधा पुग्न गएको समस्यालाई मध्य नजर गर्दै सौजन्य स्वरूप Inverter (इन्भेर्टर) र अन्य आवश्यक भौतिक सामग्री खरिद गर्नको निम्ति सहयोग गरेको नेपाल तामाङ घेदुङ,इजरायलकी महासचिव गोमा तामाङ (शरिन)ले जानकारी दिनु भएको छ ।