पाल्पामा च्याउ खादा श्रीमतीको मृत्यु

Read Time:1 Minute, 32 Second

स्वास्थ्य चौकीका प्रमुख सहित परिवारका चार जना बिरामी,

देब पचभैया

पाल्पा, जेठ २४ – जंगली च्याउ खादा तानसेन–१० भुसलडाडाकी १७ बर्षिया विमा पचभैयाको ज्यान गएको छ ।

उहाको उपचारका क्रममा सोमबार युनाईटेड मिसन अस्पतालमा ज्यान गएको हो ।  च्याउ खादा बिरामा परेका बिमाका श्रीमान् दर्लमडाडा उपस्वास्थ्य चौकीका  प्रमुख भुवन पचभैयाको युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । जंगली च्याउ खादा स्वास्थ्य कर्मी पचभैयाको परिवारका ५ जना बिरामी परेका हुन् ।

उहाका ५१ बर्षिया आमा, दाजु तारा र भाउजु तिर्सना  उपचार पछि घर फर्किएका छन् । प्रहरीका अनुसार घर माथि रहेको श्रीनगरको जंगलबाट ल्याएको सल्ले च्याउ उनीहरुले बुधबार बेलुकी पकाएर खाएका थिए ।  बिहिबार बिहान च्याउ खाएका सबैलाई पेट दुख्ने, पखाला लाग्ने भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।

श्रीनगर डाडामा घुम्न जादा ल्याएको च्याउको ३ वटा कोपिला पकाएर खादा सबै बिरामी परेको भुवनका आमाले जनाएका   छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %